राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मान पूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकी छन् । ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शुभकामना दिँदै उनले ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण गराएकी छन् ।ज्येष्ठ नागरिक आफ्नो जीवनभरीको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवका खानी रहेको जनाउँदै उनले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्