काठमाण्डाै - नेवार समुदायको चाडपर्व, भाषा, संस्कृति र खानपान निकै विशिष्ट र प्रचलित छ । योसँगै निकै प्रचलित छ मेला जात्रा र उत्सवमा बजाइने बाजागाजा र गुन्जने सुमधुर धुनहरु । विभिन्न अवसरहरुमा बजाइने यस्ता बाजागाजाहरुमा बालबालिकादेखि बुढापाकासम्मको उत्तिकै रुचि देखिन्छ । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सिक्दै पुस्तान्तरण हुने वाद्यवादन र वाद्यवादन कलाको लोकप्रियता आजको पुस्तामा पनि घटेको छैन ।
कीर्तिपुरका रोहन महर्जन विभिन्न थरिका बाजाका धुन सुन्दै हुर्कनुभयो । सानै उमेरदेखि घर, टोल र समुदायमा परम्परागत बाज...