सेलायो दोहोरो करमुक्ति सम्झौता

काठमाडौं। करदातालाई दोहोरो करको भारबाट मुक्त गरी लगानीको वातावरण निर्माण गर्न दोहोरो करमुक्ति सम्झौता हुनुपर्नेमा सरकार पछिल्लो समय यसमा निष्क्रिय देखिएको छ ।  सन् २०१९ मार्च ५ मा बंगलादेशसँग दोहोरो करमुक्ति सम्झौता भएयता अरू कुनै देशसँग सम्झौता भएको छैन । मलेशिया, क्यानडा, ब्राजिल, युएईजस्ता मुलुकलाई १ दशकअघि सरकारले सम्झौता गर्न प्रस्ताव पठाए पनि अहिलेसम्म कुनै प्रगति भएको छैन ।  खासगरी सरकारी अधिकारीको प्राथमिकतामा दोहोरो करमुक्ति सम्झौता नपर्दा विदेश पठाइएका फाइल अघि बढ्न नसकेका हुन् । सरकारी अधिकारीहरूले ती फाइलको ‘फलो अप’ नगर्ने, सम्बद्ध मुलुकले पठाएका कतिपय प्रस्तावमा गैरजिम्मेवार भएर जवाफै नफर्काउँदा करमुक्ति सम्झौता लामो समयदेखि रोकिएको हो । नेपालको आयकर ऐनले अन्तरराष्ट्रिय सम्झौता एवं दोहोरो करमुक्तिसम्बन्धी सम्झौता गर्ने अधिकार सरकारलाई दिएको छ । तर, सरकारले यसलाई प्राथमिकतामा राखेको देखिँदैन । सरकारले बंगलादेशसँग सम्झौता गर्न धेरै प्रयत्न गरेको थियो । तत्कालीन अधिकारीका अनुसार चारपटकको प्रयासबाट दुई देशबीच करमुक्ति सम्झौता भएको थियो । त्यसमा तत्कालीन प्रधानमन्त्री, अर्थमन्त्रीहरूले विशेष चासो देखाएका थिए । पछिल्लो समय यस्तो सम्झौता गर्न न प्रधानमन्त्रीले चासो देखाएका छन् न अर्थमन्त्रीले नै । सरकारले हालसम्म ११ देशसँग दोहोरो करमुक्ति सम्झौता गरेको छ । सन् १९९६ मे १३ मा नर्वेसँग पहिलो करमुक्ति सम्झौता भएको थियो ।  त्यसपछि क्रमश: थाइल्यान्ड, श्रीलंका, मौरिसस, अस्ट्रेलिया, पाकिस्तान, चीन, कोरिया, कतार र भारतसँग सम्झौता भयो । मलेसिया, सिंगापुर, संयुक्त अधिराज्य, अमेरिका, जापान, क्यानडा, ब्राजिल, ओमानसँग पनि दोहोरो करमुक्ति सम्झौताका लागि १ दशकदेखि गृहकार्य भइरहेको छ । तर, परिणाममुखी प्रगति प्राप्त भएको छैन । ती देशबाटै सम्झौताका लागि प्रस्ताव आए पनि अहिलेसम्म सम्झौता हुन नसकेको आन्तरिक राजस्व विभागका अधिकारी बताउँछन् । विभागको अन्तरराष्ट्रिय कर शाखा हेर्ने निर्देशक आनन्द गुप्ताले बंगलादेशसँग सम्झौता भएपछि अरू कुनै पनि देशसँग सम्झौता गर्न नसकिएको स्वीकारे । ‘अरू देशबाट प्रस्ताव आएको हो तर हामीले गरेका छैनौं,’ उनले भने । यत्रा वर्ष एउटा पनि सम्झौता नहुनुको कारण उनले खुलाएनन् । करमुक्ति सम्झौताले एउटै आय वर्षमा एकभन्दा बढी देशमा कारोबार गर्ने व्यवसायीलाई लाभ पुग्छ । यसले प्रत्यक्ष वैदेशिक लगानी भित्त्याउन सहयोगी भूमिका खेल्ने बताइन्छ ।  आन्तरिक राजस्व विभाग स्रोतका अनुसार दोहोरो करमुक्ति सम्झौताका लागि मलेसिया, क्यानडा, ब्राजिल, यूएई, मलेशिया र सिंगापुरले इच्छा जाहेर गरे पनि सरकारले वार्ता गरेर निष्कर्षमा पुग्न चासो देखाएको छैन ।  दोहोरो करमुक्ति सम्झौता किन ? एउटै आय वर्षमा एकभन्दा बढी देशमा कारोबार गर्‍यो भने आफू बासिन्दा भएको र कारोबार गरेको दुवै देशमा कर तिर्नुपर्ने हुन्छ । आफू बासिन्दा रहेको देशमा बसोवासको आधारमा र लगानी गरेको देशमा आयस्रोतको आधारमा कर तिर्नुपर्छ ।  करदातालाई यही दोहारो करको भारबाट मुक्ति दिन सम्बद्ध देशको आयकर कानूनले तिरेको कर मिलान गर्न पाउने वा त्यस्तो कर खर्च लेख्न पाउनेलगायत व्यवस्था गरेको हुन्छ । यसबाट विदेशी लगानीकर्ता लाभान्वित हुन्छन् । तथापि विभिन्न देशको घरेलु आयकर कानूनले व्यवस्था गरेको आयकरको परिभाषा, बासिन्दा वा स्थायी संस्थापनको परिभाषा, कर लगाउने प्रावधान वा करको दायराले गर्दा सबै परिस्थितिमा मुलुकभित्रको कानूनले मात्र अन्तरराष्ट्रिय दोहोरो कर हटाउन सम्भव हुँदैन । करदातालाई दोहोरो करबाट मुक्ति दिलाउन घरेलु आयकर ऐनमै कानूनी व्यवस्था गरी दुई देशबीच दोहोरो करमुक्ति सम्झौता गर्ने विश्वव्यापी चलन छ । आर्थिक वृद्धिका लागि वैदेशिक लगानी आवश्यक ठानेर सबैजसो देश वैदेशिक लगानीकर्ताका लागि आकर्षक वातावरण निर्माण गर्न सक्रिय रहने गरेका छन् । नेपालको आयकर ऐनले अन्तरराष्ट्रिय सम्झौता एवं दोहोरो करमुक्ति सम्बन्धमा सम्झौता गर्ने अधिकार नेपाल सरकारलाई दिएको छ । त्यसैले यसमा सरकारले नै पहलकदमी लिनुपर्ने जानकार सुझाउँछन् ।

सम्बन्धित सामग्री

वडामै योजना सम्झौता

प्रायः पालिकामै वडाभरिका योजनाकाे सम्झौता हुने गर्दछ, तर दैलेखको महावु गाउँपालिकामा घुम्ती शिविर राखेर जनताको सहजताका योजनाको सम्झौता वडामै हुने गरेको छ।...

लिभरपुलमा जोटाको सम्झौता नविकरण

एजेन्सी – पोर्चुगिज फरवार्ड डिएगो जोटाले इंग्लिस क्लब लिभरपुलमा सम्झौता नविकरण गरेका छन् । जोटाले सम्झौता अवधि बाँकी रहँदै थप ५ वर्षको सम्झौता नविकरण गरेका हुन् । जोटाको सम्झौता सन् २०२५ सम्म रहेको थियो । अब २५ वर्षीय जोटा सन् २०२७ को अन्त्यसम्म एनफिल्डमा रहनेछन् । जोटा २०२० मा इंग्लिस क्लब वल्भ्सबाट ४१ मिलियन पाउन्डमा […]

क्लोपद्धारा लिभरपुलमा सम्झौता नविकरण

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका जर्मन प्रशिक्षक योर्गेन क्लोपले क्लबसँगको सम्झौता नविकरण गरेका छन् । क्लोपले लिभरपुलसँग थप दुई वर्षको सम्झौता नविकरण गरेका हुन् । क्लोपले आफ्नो सम्झौता २०२४ को सिजनको अन्त्यसम्म रहेको र त्यसपछि एनफिल्ड छाड्ने मनासय बनाएपनि उनले क्लबमै बस्ने मनासय बनाएको हो । सम्झौता पुष्टि भएपछि लिभरपुलको आधिकारिक वेबसाइटमा बोल्दै क्लोपले भने, […]

फोनपे र खल्तीबीच सम्झौता

काठमाडौं । मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवा प्रदायक खल्तीबीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले हस्ताक्षर गरेका छन् । सम्झौता भएसँगै खल्ती फोनपेको […]

बार्सिलोनामा फातीको सम्झौता नविकरण

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका युवा फरवार्ड अन्सु फातीले क्लबसँग सम्झौता नविकरण गरेका छन् । बार्सिलोनाले आफ्ना युवा स्टार फातीसँग ६ वर्षको नयाँ सम्झौता नविकरण गरेको हो । सम्झौता अनुसार फाती १८ वर्षीय फाती सन् २०२७ सम्म बार्सिलोनामै रहनेछन् । पछिल्लो सम्झौता अनुसार फातीको बार्सिलोनासँगको सम्झौता यो सिजनको अन्त्यसम्म रहेको थियो । क्लबले उनको रिलिज क्लज एक बिलियन […]

सम्झौता

मनुष्य जीवन एकैपटक हुन्छ, जस्तो रूपमा जन्मिए पनि हामीले सहर्ष स्विकारेर खुसीसँग जीवनयापन गर्नुपर्दछ। सम्झौता, यति धेरै त्याग नगर, आफ्नो मन मिल्नेसँग जीवनयापन गर। समाजका कारण मैले आफ्नो पहिचान खुलाउन पाइनँ, जसले गर्दा तिमीले अप्ठेरो व्यहोर्नुपर्‍यो, मलाई म...

मुख्यमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।मुख्यमन्त्री शाहीले चालु आर्थिक वर्षमा सम्बन्धित मन्त्रालयले सम्पन्न गर्नुपर्ने काम र त्यसको समय तालिकासहितको सम्झौता गरेका हुन् । अब मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका सचिवसँग सम्झौता गर्नेछन् । गत आर्थिक बर्षमा पनि यस्तै किसिमको सम्झौता गरिएको भएपनि सम्झौता अनुसारको कार्यसम्पादन हुन सकेको थिएन ।गत बर्ष मुख्यमन्त्री […]

पीएसजीसँग मेसीको सम्झौता १

एजेन्सी। फ्रेन्च लिग वानको क्लब पीएसजीसँग मेसीको सम्झौता हुने पक्का भएको इएसपीएन एफसीका जुलियन लरेन्सले बताएका छन्। उनले पीएसजीसँग मेसीको सम्झौता भइसकेको र भोलिसम्म पेरिसमा मेडिकल हुने बताएका छन्। मेडिकल सकिएपछि दुई पक्षबीच सम्झौता हुने लरेन्सले दाबी गरेका छन्। यसअघि इएसपीएनले नै मेसीसँगको सम्झौता सार्वजनिक गर्न पीएसजीले आइफेल टावर ‘बुक’ गरेको जनाएको थियो।

किएलिनी र युभेन्ट्सबीच सम्झौता नवीकरण

एजेन्सी – इटालियन क्लब युभेन्ट्सका कप्तान जर्जियो किएलिनीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । डिफेन्डर किएलिनीले क्लबसँग दुई वर्षको लागि सम्झौता नवीकरण गरेका हुन् । सम्झौता नविकरणसँगै अब ३६ वर्षीय इटालियन डिफेन्डर सन् २०२३ सम्म युभेन्ट्समा रहने छन् । इटालीका कप्तान समेत रहेका किएलिनी सन् २००४ मा रोमाबाट युभेन्ट्स आएका थिए । त्यसयता उनले लिभोर्नाे […]

जोनद्वारा सम्झौता नवीकरण

इंग्लिस क्लब उल्भ्सका गोलकिपर जोन रुड्डीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । इंग्लिस गोलकिपर जोनले उल्भ्ससँग एक सिजनको लागि सम्झौता नवीकरण गरेका हुन् । सम्झौता नवीकरण गरेसँगै जोन २०२१/२२ को सिजनसम्म उल्भ्समा रहने छन् । ३४ वर्षीय गोलकिपर जोन २०१७ मा नर्विच सिटीबाट उल्भ्स आएका थिए ।