वडामै योजना सम्झौता

प्रायः पालिकामै वडाभरिका योजनाकाे सम्झौता हुने गर्दछ, तर दैलेखको महावु गाउँपालिकामा घुम्ती शिविर राखेर जनताको सहजताका योजनाको सम्झौता वडामै हुने गरेको छ।...

सम्बन्धित सामग्री

षडानन्द नगरपालिकाद्वारा वडास्तरमा  योजना सम्झौता

भोजपुर, पुस १३ । भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयवासीको सहजताका लागि वडामै योजना सम्झौता गरेको छ । नगरपालिकाको सेवालाई जनताको घरदैलोसम्म विस्तार गर्ने लक्ष्यले पहिलोपटक वडास्तरमा पुगेर योजना सम्झौता गरेको हो । भौगोलिक विकटताका कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै अभियान नै सञ्चालन गरेर नगरपालिकाको सेवा वडास्तरबाट सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईले जानकारी दिए […]

वडा–वडामै पुगेर योजना सम्झौता

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिकाले वडा–वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । वैशाख मसान्तमै आर्थिक वर्ष सकाउने लक्ष्य लिएको तातोपानीले वडामै पुगेर योजना सम्झौता कार्य गर्न थालेको हो । वडामै पुगेर योजना सम्झौता गर्ने अभियानअन्तर्गत बुधबार तातोपानीको वडा नं. २ को योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । उनका अनुसार २ नम्बर […]

बन्दीपुर गाउँपालिकाका वडाबाटै योजना सम्झौता

दमौली– तनहुँको बन्दीपुर गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा समयमै योजना सम्पन्न गराउन र सर्वसाधारणलाई सेवा प्रवाहमा सहज गराउन गाउँपालिकाले वडा कार्यालयमै पुगेर योजना सम्झौता गर्न थालेको हो । गाउँपालिकाले ६ नम्बर वडाबाटै योजना सम्झौताको कार्य थालनी गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । स–साना योजना […]

बागलुङ नगरका ९३ प्रतिशत योजना सम्झौता

बागलुङको बागलुङ नगरपालिकामा ९३ प्रतिशत योजना सम्झौता भएका छन्। चालु आर्थिक वर्षको बैशाखसम्म नगरपालिकाभित्रका ९३ प्रतिशत योजना सम्झौता भई कार्यान्वयको पक्षमा रहेका छन्। आर्थिक वर्ष २०७९÷८० मा भौतिक पूर्वाधारतर्फ नगरपालिकामा कुल...

वडामै सामाजिक सुरक्षाभत्ता र योजना सम्झौता

खोटाङ–हलेसी–तुवाचुङ नगरपालिका–११ राजापानीका नागरिकलाई वडामै सामाजिक सुरक्षा भत्तादेखि योजना सम्झौता सेवा प्रदान सुरु गरेको छ । नगरपालिका र वडाको संयुक्त पहलमा वडा कार्यालय एकीकृत सेवा प्रवाह कार्यक्रम राखेर भत्ता, योजना सम्झौता, स्वास्थ्य परीक्षण, परिचयपत्र जस्ता पाँच प्रकारको सेवा प्रदान गरिएको हो । कार्यक्रममा १५ वटा वडागत योजना सम्झौता १ सय ५० जना ज्येष्ठ नागरिकलाई सामाजिक […]

वडास्तरमै पुगेर योजना सम्झौता गर्दै गाउँपालिका

काठमाडौँ,१९ पुष । स्थानीयस्तरमा नै पुगेर छनोट भएका योजनाको सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको महसुस गर्न थालेका छन् । प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडास्तरमा नै सम्झौता थालेको हो । गाउँपालिकाले टोलटोलमै पुगेर अहिले योजना सम्झौता गरिरहेको छ । स्थानीयलाई पालिका केन्द्रसम्म धाउन […]

सल्यानको बागचौरमा वडाबाटै योजना सम्झौता गर्न शुरु

सल्यान : सल्यानको बागचौर नगरपालिकाले वडास्तरबाटै योजना सम्झौता शुरु गरेको छ। पालिकाले उपभोक्ता समितिको बैंक खाता पनि वडामै खोल्ने व्यवस्था मिलाएको छ।एकीकृत योजना सम्झौता तथा उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण कार्यक्रम गरेर योजनाहरू अब वडाबाटै सम्झौता गर्ने कार्यको थालनी गरेको नगर प्रमुख जनकराज गौतमले जानकारी दिए।वडा न १२ मा योजनाहरूको सम्झौता र बैंक खाता सञ्चालनको थालनी गरिएको उनको भनाइ छ। उक्त वडामा १२ वटा योजनाको योजना सम्झौतासँगै बैंक खातासमेत खोलिसकेको नगरपालिकाले जनाएक

सुनवल नगरपालिकाका वडावडामै योजना सम्झौता

काठमाडौँ,१३ मँसिर । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाले वडाबाटै योजना सम्झौता गर्न थालेको छ । वडाबाटै योजना सम्झौता हुन थालेपछि नगरवासीलाई सहज भएको छ । नगरसभाबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न थालिएको नगरप्रमुख बिमला अर्यालले जानकारी दिनुभयो । सम्बन्धित वडामा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना […]

गाउँमै पुगेर योजना सम्झौता

चैत वैशाखमा योजना सम्झौता गर्ने र जेठ असारमा भ्याइनभ्याइ विकास निर्माणका काम गर्ने नेपालमा थिति नै बसेको छ । पहिलो र दोस्रो चौमासिकमा सिन्को नभाँचेर असारे विकासलाई बढवा दिन प्रदेशदेखि स्थानीय सरकार उद्दत देखिन्छन् ।समयमै योजना सम्झौता, योजना सर्वे, पूर्वअनुमगन तथा मूल्यांकन त परै जावस् हचुवाका भरमा योजना निर्माण गर्ने प्रवृत्ति छ । जसका कारण […]

दोलखाका गाउँगाउँ पुगेर योजना सम्झौता

चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाले गाउँगाउँमा पुगेर योजना सम्झौता सुरु गरेको छ। उपभोक्ता समितिलाई सहज गराउन र समयमा काम सम्पन्न गराउने उद्देश्यले गाउँपालिकाले विकास शिविर योजना आयोजना गरी योजना सम्झौता सुरु भएको गाउँपालिकाले जनाएको छ। ०७८/७९ मा गाउँपालिकाबाट छनोट भएका योजना समयमै सम्पन्न गराउन र उपभोक्तालाई योजना सम्झौता गर्न पालिकासम्म आउनुपर्ने बाध्यतालाई गाउँमा सम्झौताको व्यवस्था […]