स्टेट अफ युनियनमा जे देखियो, ट्रम्पले न्यान्सीसँग हात मिलाएनन्, पेलोसीले च्यातिन ट्रम्पको सम्बोधन

सन् २०२० को अन्तिमतिर अमेरिकी राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्याकालका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। डेमोक्र्याट भने उम्मेदवार चयनमा नै व्यस्त छ। यसैबीच अमेरिकी सदनमा डेमोक्र्याटको सक्रियतामा ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। गत हप्ता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित भयो। हाल माथिल्लो सदन

सम्बन्धित सामग्री

पुँजीपतिहरुले सहकारीमा हात हालेपछि समस्या आयोः केपी ओली

काठमाडौं, ७ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीपतिहरुले सहकारीमा हात हालेपछि समस्या आएको बताएका छन् । आज (सोमबार) राजधानीमा आयोजित सहकारीसँग सम्बन्धित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीलाई पुँजीपतिहरुले धन्दाको रुपमा चलाएको बताएका हुन् । गरिब जनताको आर्थिक पक्षलाई उकास्ने विचार र संगठनहरु सहकारीको पक्षमा हुनुपर्नेमा पुँजीपतिहरुको हाबी भएको […]

भारत स्वतन्त्र हुनुमा नेपालीको पनि हात छ तर भारतले त्यो याद गर्दैनः निधि

काठमाडौँ – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भारत स्वतन्त्र हुनुमा नेपालीहरुको हात रहे पनि भारतले कहिल्यै भन्ने नगरेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भारतको अहिंसात्मक आन्दोलनमा महात्मा गान्धीसँगै नेपालीहरुले पनि भारत स्वतन्त्र हुनका लागि आन्दोलन गरेको बताए। उनले भारतले पनि कहिल्यै […]

सडक विस्तारमा हात हाल्ने बागमती प्रदेशको संकेत

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशको राजधानी सहर हेटौंडा बजार क्षेत्र निकै साँघुरो भएको भन्दै सरकारले सडक विस्तारमा हात हाल्ने संकेत गरेका छन् । जिल्ला समन्वय समिति मकवानपुरको आठौं जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले अब प्रदेश सरकारले जुनसुकै बेला सडक विस्तारको कदम चाल्न सक्ने बताए ।“प्रदेशको राजधानी सहर हिजोआज असनको गल्लीजस्तो हुँदै गएको छ […]

सडक विस्तारमा हात हाल्ने बागमती प्रदेशको संकेत

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशको राजधानी सहर हेटौंडा बजार क्षेत्र निकै साँघुरो भएको भन्दै सरकारले सडक विस्तारमा हात हाल्ने संकेत गरेका छन् । जिल्ला समन्वय समिति मकानपुरको आठौं जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले अब प्रदेश सरकारले जुनसुकै बेला सडक विस्तारको कदम चालन सक्ने बताए । ‘ प्रदेशको राजधानी सहर हिजोआज असनको […]

साउदी अरेबियाले हात उठाउँदै भन्यो,’अब यो भन्दा बढी हुँदैन’

साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले शनिबार साउदी अरबले आफ्नो तेल उत्पादनलाई प्रतिदिन १ करोड ३० लाख ब्यारेल पुर्‍याउने प्रयास गर्ने बताएका छन् । तर यससँगै उनले तेल उत्पादन बढाउने आफ्नो सीमा पनि बताए । साउदीको जेद्दाहमा आयोजित अरब-अमेरिकी सम्मेलनलाई सम्बोधन गर्दै उनले मुलुकले अहिले दैनिक एक करोड ब्यारेल तेल उत्पादन गरिरहेको बताए । युवराजले […]

एमालेसँग हात मिलाउँदै देउवा, सर्त सम्बोधन गर्न सकारात्मक

अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग हात वढाएका छन् । देउवा एमालेका माग सम्बोधन गर्न सकारात्मक देखिएका छन्।  बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित ...

चुनावमा युवाको हात जुठो नहोस्

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा नयाँ मतदातालाई सूर्यमै भोट हाल्न लगाउने गरी तयारीमा लाग्न कार्यकतालाई निर्देशन दिएका छन्। बुधबार एमाले वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अन्त भोट हाले युवाको मत खेर जाने बताए।उनले भने, ‘नयाँ भोटरको पंक्तिलाई आकर्षित गर्नुपर्छ। उनीहरूलाई सूर्यमै भोट हाल्न लगाउनुपर्छ। अन्त हाल्यो भने बिटुलिन्छ। पहिलोपटक बिटुलियो भने फेरि वर्षौं लाग्छ।

शेर बहादुरलाई हात जोडे, प्रधानमन्त्री भईदिनुसः प्रचण्ड

काभ्रे। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन निर्माण गर्न ठूलो त्याग गरेको बताएका छन् । वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले राजनीति निष्ठाको हुने भन्दै आफूले पाँच वर्ष प्रधानमन्त्री खा भन्दा नमानेको उल्लेख गरे। पछिल्लो पटिक आफुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिन हात जोडेको उनको भनाइ थियो।

विश्वासको मतबारे भोटिङ हुने बेला ओली बैठक हलमा, देउवासँग मिलाए हात

एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा बैठक हलमा प्रवेश गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनका लागि भोटिङ हुनेबेला उनी बैठक हलमा प्रवेश गरेका हुन् । बैठक हलमा प्रवेश गरेसँगै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर हात मिलाए। यसअघि उनी बानेश्वरस्थित विपक्षी दलको नेताको कोठामै बसेका थिए । बैठकमा केही नेताहरुले ओलीले बैठकलाई सम्बोधन गर्ने अपेक्षा लिएपनि त्यस्तो हुन नसकेको भन्दै सम्बोधनका क्रममा बताएका थिए ।