एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा बैठक हलमा प्रवेश गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनका लागि भोटिङ हुनेबेला उनी बैठक हलमा प्रवेश गरेका हुन् ।
बैठक हलमा प्रवेश गरेसँगै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर हात मिलाए। यसअघि उनी बानेश्वरस्थित विपक्षी दलको नेताको कोठामै बसेका थिए ।
बैठकमा केही नेताहरुले ओलीले बैठकलाई सम्बोधन गर्ने अपेक्षा लिएपनि त्यस्तो हुन नसकेको भन्दै सम्बोधनका क्रममा बताएका थिए ।