काठमाण्डौ - काठमाण्डौमा हिजोभन्दा आज चिसो छ । आज न्यूनतम तापक्रम हिजोको भन्दा झण्डै दुई डिग्री सेल्सियसले घटेको छ ।
हिजो काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव ७ डिग्री सेल्सियस थियो भने आज १० डिग्री सेल्सियसमा झरेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।
यस्तै, काठमाण्डौको आजको अधिकतम तापक्रम पनि घट्दो छ । आजको अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म रहने मौसमविद्को अनुमान छ । देशका अन्य ठाउँमा पनि अधिकतम र न्यूनतम तापक्रम घट्दो छ ।
दिउँसो खासै चिसो नभए पनि बिहान बेलुका चिसो बढेको छ । यस्तै, दशैँको ट...
काठमाण्डौ - काठमाण्डौको न्यूनतम तापक्रम आज २ डिग्री सेल्सियसले घटेको छ । बिहान काठमाण्डौको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद्ले बताएका छन् ।
हिजो काठमाण्डौको न्यूनतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस थियो । आजको न्यूनतम तापक्रम हिजोको भन्दा २ दशमलव २ डिग्री सेल्सियसले घटेको हो । गएराति काठमाण्डौको तापक्रम हिजो अस्तिको भन्दा चिसो थियो । न्यूनतम तापक्रम अझै घट्ने अनुमान छ ।
आज बादल लाग्ने तथा भोलि र पर्सि धेरैजसो ठाउँमा पानी पर्ने भएकाले तापक्रम घट्ने अनुमान गरिएको हो । न्यूनतमसँगै अधिकतम तापक्रम घ...
काठमाण्डाै - देशभरको न्यूनतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको बिहान पाैने ६ बजेको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । हिजोको सात डिग्री सेल्सियस थियो । काठमाण्डौसँगै देशभरको न्यूनतम तापक्रम घट्न थालेको छ ।
जुम्ला र जोमसोमको न्यूनतम तापक्रम माइनसमा छ । हिजोको जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ८ डिग्री सेल्सियस थियो । यस्तै, जोमसोमको माइनस ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ।
आजको न्यूनतम तापक्रम पौने ९ बजे मात्रै आउने मौसमविद् गोविन्दकुमार झाले बताउनुभयो । उहाँका अनु...
काठमाडौँ – काठमाडौँको तापक्रम यो वर्ष (अहिलेसम्म) कै कम भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको उत्पयकाको न्यूनतम तापक्रम तीन डिग्रीसेल्सियसमा झरेको छ । बिहान पौने ९ बजेको मापन अनुसार काठमाडौँको न्यूनतम तापक्रम तीन डिग्रीसेल्सिय मापन गरिएको हो । यस्तै डडेलधुराको न्यूनतम तापक्रम ३.१, दिपायलको ४.५, ताप्लेजुङको ४.६ तथा जुम्लाको माइनस ५.७ […]
काठमाण्डाै - काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । यो बिहान ६ बजे मापन गरिएको न्यूनतम तापक्रम हो ।
मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे र पौने ९ बजे न्यूनतम तापक्रम मापन गर्दै आएको छ । चिसो बढेकाले पौने ९ बजेको मापनमा न्यूनतम तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस थियो ।
काठमाण्डौसहित देशका धेरै ठाउँमा लगातार चिसो बढ्दै गएको छ । अहिले देशका धेरै ठाउँमा हुस्सु, कुहिरो ला...
काठमाण्डाै - काठमाण्डौको न्यूनतम तापक्रम आज पनि घटेको छ । बिहान ६ बजेको न्यूनतम तापक्रम आज ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।
न्यूनतम तापक्रम अझ घट्ने सम्भावना छ । बिहान पौने ९ बजेको मापनमा न्यूनतम तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँकाअनुसार बिहान ६ बजे अघि भन्दा त्यस पछि चिसो धेरै हुन्छ ।
हिजो काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस थियो । यस्तै, आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रण...
काठमाण्डौ - काठमाण्डौको न्यूनतम तापक्रम आज यस वर्षकै सबैभन्दा कम मापन भएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस रहेको मौसमविद् मन्जु बासीले बताउनुभयो ।
हिजोको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस थियो । आज अधिकतम तापक्रम पनि १९ देखि २१ डिग्री सेल्सियसम्म रहने अनुमान गरिएको छ । न्यूनतम र अधिकतम तापक्रम घट्दा बिहान बेलुका चिसो बढ्दै गएको छ । रातिको मौसम सफा हुँदा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्छ ।
देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ । अहिले बिहा...
काठमाण्डाै – काठमाण्डौको न्यूनतम तापक्रम आज बढेको छ । हिजो घटेर ८ डिग्री सेल्सियसमा झरेको न्यूनतम तापक्रम आज भने बढेको हो ।
मौसमविद् राजु प्रधानांगका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । गएराति आकाशमा बादल लागेकाले तापक्रम बढेको हो । यस्तै, आज अधिकतम तापक्रम पनि बढ्ने पूर्वानुमान गरिएको छ । आज अधिकतम तापक्रम २१ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको उहाँले बताउनुभयो ।
हिजोको अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री सेल्सियस थियो । यस्तै, अहिले काठम...
काठमाण्डौ - काठमाण्डौको न्यूनतम तापक्रम आज ९ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।
हिजो न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो भने अस्ति ११ दशमलव ४ डिग्री सेल्सियस थियो ।
गएराति आकाश सफा भएका कारण आजको न्यूनतम तापक्रम घटेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार रातको समयमा बादल नलागे न्यूनतम तापक्रम घट्छ ।
चिसो सुरु भएकाले अब न्यूनतम अझै घट्दै जाने छ । यस्तै, पानी पार्ने प्रणाली सक्रिय नभएकाले आज पनि देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।
केही ठा...
काठमाण्डाै – काठमाण्डौको न्यूनतम तापक्रम आज झण्डै १ डिग्री सेल्सियसले घटेको छ । हिजो १४ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज १३ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।
चिसो सुरु भएकाले अब देशभरकै न्यूनतम तापक्रम घट्दै जाने छ । अहिले काठमाण्डौसहित देशका धेरैजसो पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली छ । केही दिनदेखि पहाडी जिल्लामा पारिलो घाम लागेको छैन । पर्सिदेखि भने मौसम सफा भइ पारिलो घाम लाग्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार आज त...