काठमाण्डौ - काठमाण्डौको न्यूनतम तापक्रम आज २ डिग्री सेल्सियसले घटेको छ । बिहान काठमाण्डौको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद्ले बताएका छन् ।
हिजो काठमाण्डौको न्यूनतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस थियो । आजको न्यूनतम तापक्रम हिजोको भन्दा २ दशमलव २ डिग्री सेल्सियसले घटेको हो । गएराति काठमाण्डौको तापक्रम हिजो अस्तिको भन्दा चिसो थियो । न्यूनतम तापक्रम अझै घट्ने अनुमान छ ।
आज बादल लाग्ने तथा भोलि र पर्सि धेरैजसो ठाउँमा पानी पर्ने भएकाले तापक्रम घट्ने अनुमान गरिएको हो । न्यूनतमसँगै अधिकतम तापक्रम घ...