बागलुङ र पर्वत जोड्ने पुल निर्माणसंगै पर्यटकको सङ्ख्यामा वृद्धि

बागलुङ- दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे । अहिले बजारमा समेत आन्तरिक पर्यटकको भीड हुने गरेको छ। […]

सम्बन्धित सामग्री

बागलुङ–पर्वत जोड्ने पुल सञ्चालन

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–४, उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका–८, ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को पाँच...

बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलले बढायो पर्यटक

२७ भदौ, बागलुङ । दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे। अहिले बजारमा समेत आन्तरिक पर्यटकको भीड हुने […]

पहिराेका कारण मध्यपहाडी लाेकमार्ग अन्तर्गत  पर्वत–बागलुङ खण्ड अवरुद्ध

पर्वत – मंगलबारदेखि भएको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पटक पटक अवरुद्ध हुने गरेको छ । मंगलबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत बागलुङ खण्ड बुधबार दिउँसो मात्रै सञ्चालनमा आएको भए पनि बुधबार रातिदेखि पुन: अवरुद्ध बनेको हो । अविरल वर्षाका कारण सडक भन्दा झण्डै दुई सय मिटर माथिबाट पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ सडक खण्डमा पर्ने पर्वतको मोदी गाउँपालिका ५ भ्याप्लेमा सडक अवरुद्ध बनेको छ । सडक अबरुद्ध भएपछि लामो तथा छोटो दुरीका सवारी साधनहरु दुवै तर्फ अलपत्र परेक...

एक हप्तापछि एकतर्फी खुल्यो पर्वत-बागलुङ सडक

२४ भदौ, पोखरा । भदौ १७ गतेको पहिरोले ठाउँठाउँमा क्षति पुर्‍याएपछि पूर्ण रुपमा बन्द भएको मध्यपहाडी लोकमार्ग अन्तर्गतको पर्वत-बागलुङ खण्ड बिहीबारदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । तीन दिनसम्म लगातार मर्मतको काम गरेपछि साँझ ६ बजेदेखि एकतर्फी रुपमा सडक खुलेको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । ‘ठाउँठाउँमा पहिरो गएर पूरै हाइवे अवरुद्ध भएपछि समस्या […]

मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड छ दिनदेखि अवरुद्ध

पर्वत । भीषण पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत छ दिनदेखि अवरुद्ध रहेको छ । जिल्लाको कुश्मा नगरपालिका–२ अर्मादी र नयाँपुलको बीचमा असार २४ गते सडकमाथिबाट ठुलाठूला ढुङ्गासहित आएको पहिराका कारण बाटो अवरुद्ध बनेको हो । पहिरो गएको भोलिपल्ट असार २५ बाटै मध्यपहाडीअन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्शनले ब्रेकर हानेर ढुङ्गा फुटाउन खोज्दासमेत […]

मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड ६ दिनदेखि अवरुद्ध

पर्वत । पहिरोका कारण अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत ६ दिनदेखि अवरुद्ध रहेको छ । पर्वतको कुश्मा नगरपालिका अर्मादी र नयाँपुलको बीचमा असार २४ गते ढुङ्गासहित आएको पहिरोका कारण बाटो अवरुद्ध बनेको हो । डोजरले बाटो खुलाउन नसकेपछि बाटो खुलाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो । तर विस्फोटक पदार्थ प्रयोग गरेर पनि सेनाले […]

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा तीन ठाउँमा पहिरो

पर्वत।पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड तीन दिनदेखि अवरुद्ध छ।पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २को नयाँपुलमा पहिरोले सडक अवरुद्ध बनेको हो।चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भएपनि नयाँपुलको पहिरो हटाएर सडक सञ्चालन गर्न केही दिन लाग्ने प्रहरीले जनाएको छ।सडकमा ठूला–ठूला ढुङ्गा खसेका कारण पहिरो हटाउन समय लागेको हो।सडक अवरुद्ध हुँदा पर्वत,बागलुङ,म्याग्दी र मुस्ताङसँगको सम्पर्कबिच्छेद भएको छ।

पर्वत-बागलुङ सडकखण्ड २४ घण्टापछि खुल्यो

पर्वत, असार १५ । सोमबार साँझदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं ८ चुवाको भिरमा पहिरो झरेका कारण गए रातीदेखि नै सडक अबरुद्ध बनेको हो । उक्त स्थानमा सडक भन्दा करिव ५० मिटरमाथिबाट ठूलो पहिरो झरेपछि अवरुद्ध सडक मंगलबार दिनभरीको प्रयासपछि साँझदेखि सुचारु भएको प्रहरी […]

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई विश्व रेकर्डमा दर्ता गर्ने प्रक्रिया शुरु

बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक) मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया थालिएको हो । पुल यही माघ ३ गते सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँले बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको