पर्वत – मंगलबारदेखि भएको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पटक पटक अवरुद्ध हुने गरेको छ । मंगलबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत बागलुङ खण्ड बुधबार दिउँसो मात्रै सञ्चालनमा आएको भए पनि बुधबार रातिदेखि पुन: अवरुद्ध बनेको हो ।
अविरल वर्षाका कारण सडक भन्दा झण्डै दुई सय मिटर माथिबाट पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ सडक खण्डमा पर्ने पर्वतको मोदी गाउँपालिका ५ भ्याप्लेमा सडक अवरुद्ध बनेको छ । सडक अबरुद्ध भएपछि लामो तथा छोटो दुरीका सवारी साधनहरु दुवै तर्फ अलपत्र परेक...