संसदमा आज प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने कार्यसूची

काठमाडौं :  प्रतिनिधिसभा बैठकमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने भएको छ। विहान ११ बजे बस्ने बैठकमा महाभियोग प्रस्ताव अघि बढाउने कार्यसूची छ।‘मिति २०७८ फागुन २९ गतेको बैठकमा मा श्री देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हु

सम्बन्धित सामग्री

आज संसद बैठक बस्दै, महाभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची

आज आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो ११ बजे बोलाईएको छ । आजको बैठकमा महाभियोग प्रस्तावमाथि छलफल हुने भएको छ । आजको बैठकको कार्यसूचीमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर ज.ब.रा. विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख छ । त्यस्तै  सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। साथै  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले “पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ ' पेश गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले “महालेखा परीक्षकको उनन्साठीऔं वार्षिक प्रतिवेदन, २०७९' पेश गर्ने कार्यसूची छ।

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगबारे भोलिको संसद् बैठकमा छलफल हुने

काठमाडौं, २१ साउन । प्रतिनिधिसभाको भोलि (आइतबार) बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने भएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले आइतबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । उक्त सार्वजनिक सम्भावित कार्यसूचिमा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने जनाईको छ । आज सार्वजनिक गरिएको भोलिको कार्यसूचिमा चौथो नम्बरमा भनिएको छ,‘मिति […]

संसदमा आज पनि बजेटमाथि छलफल

काठमाडौं : प्रतिनिधिसभा बैठकमा बिहीबार पनि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी रहने भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आर्थिक वर्ष २०७९\८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ। बजेटमाथि छलफल सम्पन्न गरेको राष्ट्रियसभा बैठकमा आज एउटा संकल्प प्रस्ताव र एउटा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ। संघीय संसद् सचिवालयका अनुसार संघीयता कार्या

प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल हुने

२९ फागुन, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पेश गर्नेछन् । गत १ फागुनमा नेकपा माओवादी केन्द्रका गुरुङ, नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल […]

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, फागुन २९ । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज दिउँसो एक बजे बस्दैछ । संघीय संसद् सचिवालयले शुक्रबार जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेस गर्नेछन् । यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र […]

प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक

संघीय संसदको प्रतिनिधिसभाको सम्भावित कार्यसूची सर्वाजनिक गरिएको छ । आइतबार दिउँसो एक बजे बस्ने प्रतिनिधिभासको बैठकका लागि संघीय संसद सचिवालयले शुक्रबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गर्ने छन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाएको छ ।

संसदमा आजदेखि एमसीसीमाथि छलफल, सभामुखले मत विभाजन प्रस्ताव अघि बढाउने सम्भावना

काठमाण्डाै - अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पाेरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसदमा आजदेखि छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभाको आज दिउँसो एक बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको छ । गएको आइतवार बसेको बैठकमा एमसीसी टेबल भएको थियो । एमसीसी सम्झौताको पक्षमा रहेको सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई आजको संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । यस्तै लोकतान्त्रिक स...

आज संसदमा एमसिसीमाथि छलफल

एमसिसीबारे संसदमा बिहीबारदेखि छलफल सुरु हुने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको छ । यद्यपि, त्यसअघि बस्ने कार्यव्यवस्था समितिको...

गण्डकीमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने यस्तो छ ३ बुँदे कार्यसूची

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव बिहीवारै निर्णयार्थ पेश हुने कार्यसूची तय भएको छ । प्रदेश सभाले आठौं अधिवेशनको छैटौं बैठकको बिहीवारको कार्यसूचीमा ३ बुँदा समावेश गरेको छ । प्रदेश सभाको ३ बुँदे कार्यसूचीमा मुख्यमन्त्री गुरुङले प्रस्ताव पेश गर्ने, प्रस्तावमाथि छलफल हुने र निर्णयार्थ पेश हुने उल्लेख छ ।

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज पनि सांसदले धारणा राख्ने

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज पनि सांसदहरुले धारणा राख्दैछन्। मध्यान्ह १२ बजे पोखरास्थित प्रदेश सभा भवनमा बस्ने बैठकमा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि सांसदहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र न्यौपानेले जानकारी दिए।  मुख्यमन्त्री गुरुङविरुद्ध सोमबार प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस भएपछि हिजैदेखि उक्त प्रस्तावमाथि छलफल सुरु भएको थियो। हिजो पहिलो दिन ८ जना सां