काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज पनि सांसदहरुले धारणा राख्दैछन्। मध्यान्ह १२ बजे पोखरास्थित प्रदेश सभा भवनमा बस्ने बैठकमा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि सांसदहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र न्यौपानेले जानकारी दिए। मुख्यमन्त्री गुरुङविरुद्ध सोमबार प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस भएपछि हिजैदेखि उक्त प्रस्तावमाथि छलफल सुरु भएको थियो। हिजो पहिलो दिन ८ जना सां