काठमाडौं : प्रतिनिधिसभा बैठकमा बिहीबार पनि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी रहने भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आर्थिक वर्ष २०७९\८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ। बजेटमाथि छलफल सम्पन्न गरेको राष्ट्रियसभा बैठकमा आज एउटा संकल्प प्रस्ताव र एउटा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ। संघीय संसद् सचिवालयका अनुसार संघीयता कार्या