आज संसद बैठक बस्दै, महाभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची

आज आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो ११ बजे बोलाईएको छ । आजको बैठकमा महाभियोग प्रस्तावमाथि छलफल हुने भएको छ । आजको बैठकको कार्यसूचीमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर ज.ब.रा. विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख छ । त्यस्तै  सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। साथै  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले “पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ ' पेश गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले “महालेखा परीक्षकको उनन्साठीऔं वार्षिक प्रतिवेदन, २०७९' पेश गर्ने कार्यसूची छ।

सम्बन्धित सामग्री

संसद बैठक बस्दै, प्रधानन्यायाधीश विरुद्धको महाभियोगबारे छलफल गर्ने समय तोकिने

प्रतिनिधि सभाको बैठक बस्दैछ । आज बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण हुने कार्यसूची रहेको छ ।

संसद बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकाेटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय ताेक्ने छन् ।

वानेश्वरमा एमाले र कांग्रेसका शीर्ष नेताहरुबीच छलफल

अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट पारित गर्ने विषयमा सत्ता गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षमा उभिएपछि सरकारको नेतृत्व गरेको नेपाली कांगेस एमालेको साथ खोजिरहेको छ । संसदमा टेबल भएको एमसीसी प्रस्तावमाथि छलफलको कार्यसूची रहेको भए पनि संसद बैठक स्थगित गरिएको छ । एमसीसी जसरी पनि पारित गर्ने रणनीतिमा रहेको नेपाली कांग्रेस सत्ता …

गण्डकी प्रदेशः संसद बैठक बोलाउन सभामुखद्वारा छलफल र परामर्श

गण्डकी प्रदेश सभाको बैठक सञ्चालनका लागि सभामुख नेत्रनाथ अधिकारी सक्रिय बनेका छन् । अविश्वास प्रस्तावमाथि छलफल चलिरहँदा अचानक स्थगित गरिएको प्रदेशसभा बैठक सञ्चालनका लागि प्रदेश सभामुखको दलहरुसँग छलफल चलाउन थालेका छन् ।

गण्डकी सरकार जोगाउने हतियार : हिजो पीसीआर, आज आइसीयू !

एमालेका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारले बहुमत गुमाउने पक्कापक्की भएपछि मंगलबार सत्तारुढ सांसदहरुले पीसीआर परीक्षणको माग गर्दै संसद बैठक अवरुद्ध पारे । अन्ततः सबै सांसदहरुलाई लाइन लगाएर पिसिआर जाँच गरियो र बुधबारको बैठकमा अविश्वास प्रस्तावमाथि छलफल सुरु भयो ।तर, एकाएक जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भए । उनीसँगै दीपक मनाङ्गे पनि बैठकमा आएनन् । मनाङ्गे अघिल्लो दिन खिमविक्रमसँगै देखिएका थिए ।सांसद शाही पार्टीको सम्पर्कमा समेत नआएपछि जनमोर्च

संसद बैठक बस्दै, सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने

काठमाडौं, साउन ३२ – सार्वजनिक महत्वको प्रस्तावमाथि संसदको बुधबारको बैठकमा छलफल हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा संसदमा मंगलबार पेश भएको स...