काठमाडौं, १० असार । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीका नयाँ मन्त्री तत्काल नियुक्त नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन संस्कृतिअनुसार अघि बढ्नुभएको छैन । […]