सत्ता गठबन्धनसँग निर्णायक वार्ताका लागि लोसपाका नेताहरु बालुवाटारमा

काठमाडौँ – सत्ता गठबन्धनसँग सिटको अन्तिम टुंगो लगाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेका छन् । सत्ता साझेदार दल जनता समाजवादी पार्टी जसपा समान सिट बाँडफाँड नभएको भन्दै गठबन्धनबाट बाहिरिएपछि लोसपा भित्रिएको हो । जसपाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग २५ सिटको वरिपरि पाउने भएपछि सत्ता गठबन्धनबाट बाहिरिएको थियो । जसपा बाहिरिने सुइको पाउनेवित्तिकै […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनसँग लोसपा पुनः वार्तामा

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र सत्ता गठबन्धन पुनः छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लोसपा र गठबन्धनबीच छलफल भइरहेको छ । लोसपाका नेताहरुले एक चरण आज दिउँसो कुराकानी गरेका थिए । गठबन्धनसँगको छलफलपछि बबरमहलस्थित पार्टी कार्यालयमा आन्तरिक छलफल सकेर लोसपाका नेताहरु बालुवाटार पुगेका छन् । लोसपाको आन्तरिक बैठकले सिटमा मोटामोटी एउटा समझदारी बनाएर गठबन्धनसँग वार्ता गर्ने तयारी गरेको छ ।बैठकमा सहभागी एक नेताका अनुसार मधेश प्रदेशमा १५ सीटको माग गर्ने लोसपाको तयारी रहेको

जसपाले छाड्यो सत्ता गठबन्धन, बैठकमा नेताहरु अनुपस्थित

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । आज (शुक्रबार) बालुवाटारमा बिहान ९ बजेबाट जारी गठबन्धनको बैठकमा जसपा सहभागी नभएको बताइएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका नेताहरु मात्र सहभागी छन् । अब जसपाले दाबी गरेका क्षेत्र कांग्रेस, माओवादी र एकीकृत समाजवादीले […]

जसपाले छाड्यो सत्ता गठबन्धन, नेताहरु गएनन् बालुवाटार

सत्ता गठबन्धनको आजको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान ९ बजेबाट जारी गठबन्धनको बैठकमा जसपाका नेताहरु सहभागी नभएको कांग्रेस महामन्त्री गगन थापाले रातोपाटीलाई बताए । थापाका अनुसार बैठकमा कांग्रेस माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरु मात्र सहभागी छन् ।अब विगतमा जसपाले दाबी गरेका क्षेत्र कांग्रेस, माओवादी र एकीकृत समाजवादीले बाँडफाँट गर्ने भएका छन् । यसमा केही समय लाग्ने भन्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति

राष्ट्रपतिको कदमबारे सत्ता गठबन्धन कानुनविद्सँगको छलफलमा

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल थालेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरु र कानुनविदबीच अपरान्ह ४ बजेबाट बालुवाटारमा बैठक चलिरहेको प्रधानमन्त्रीका कानुनी सल्लाहकार केशव जोशीले रातोपाटीलाई जानकारी दिए । करिब १५ जना कानुनविद र गठबन्धनका शीर्ष नेताबीच राष्ट्रपतिको कदमका सन्दर्भमा छलफल भइरहेको जोशीको भनाइ छ ।राष्ट्रपति भण्डारीले संघीय संसदका दुबै सदनबाट दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रम

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

काठमाण्डाै - सत्ता गठबन्धन दलको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । आजको बैठकमा प्रतिनिधि तथा प्रदेश सभा चुनावमा सत्तारुढ दलबीच सिट बाँडफाँटको विषयमा छलफल केन्द्रित छ । सरकारले हिजो आउँदो मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको चुनाव गर्ने गरी मिति घोषणा गरिसकेको छ । सरकारले चुनावको मिति घोषणा गरेपछि पाँच दलीय सत्ता गठबन्धनको पहिलो बैठक बसेको हो । शीर्ष नेताहरु चुनावी तालमेलको गृहकार्यमा जुटेका छन् । आजको बैठकले कार्यदल बनाउने र त्यसले तयार पारेको ढाँचाका आधारमा न्य...

स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता गठबन्धन सहमत

काठमाडौं । सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर, यस विषयमा थप गृहकार्यका लागि अर्को बैठक बस्ने नेताहरूले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले निर्धारित समयमै निर्वाचन गराउने सहमति बनेको हो । सबै दलका नेताहरू संविधानअनुसार समयमै […]

आउँदो वैशाखमै स्थानीय तहको चुनाव गर्न सत्ता गठबन्धन सहमत

काठमाडौँ – आउँदो वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धनका नेताहरु सहमत भएका छन् । स्थानीय चुनावका बारेमा थप छलफल भने बाँकी रहेको र चाँडै बैठक बसेर टुंग्याइने नेताहरुले बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ राजनीतिक समन्वय समितिको बैठकमा नेताहरु आउँदो वैशाखमै चुनाव गर्न सहमत भएका हुन् । बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर […]

मन्त्रीको टुंगो लगाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं, २५ भाद्र । सत्ता गठबन्धन दलका शिर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । बैठकमा मन्त्रिपरिषद विस्तारबारे महत्वपूर्ण छलफल चलिरहेको बुझिएको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी थिए । यसअघि […]

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी हुनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । गत साउन ३ बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेका थिए । त्यसयता सरकारले मन्त्रीपरिषद् विस्तारलाई यथासक्दो चाँडो पूर्णता […] The post सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.