लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र सत्ता गठबन्धन पुनः छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लोसपा र गठबन्धनबीच छलफल भइरहेको छ । लोसपाका नेताहरुले एक चरण आज दिउँसो कुराकानी गरेका थिए । गठबन्धनसँगको छलफलपछि बबरमहलस्थित पार्टी कार्यालयमा आन्तरिक छलफल सकेर लोसपाका नेताहरु बालुवाटार पुगेका छन् । लोसपाको आन्तरिक बैठकले सिटमा मोटामोटी एउटा समझदारी बनाएर गठबन्धनसँग वार्ता गर्ने तयारी गरेको छ ।बैठकमा सहभागी एक नेताका अनुसार मधेश प्रदेशमा १५ सीटको माग गर्ने लोसपाको तयारी रहेको