बद्री मण्डल बने सद्भावना पार्टीको सर्वमान्य नेता

एक समय नेपाल सद्भावना पार्टी नेपालका अध्यक्ष रही सकेका बद्री मण्डल अहिले सोही पार्टीका सर्वमान्य नेता बनेका छन् । गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीलाई सबैले छाड्दै गएपछि पछिल्लो समय रामकुमार महतोले पुनर्गठन गरी सो पार्टीलाई सक्रिय बनाएका छन् । पार्टीका अध्यक्ष समेत रहेका महतोले बद्री मण्डललाई आज पार्टी प्रवेश गराइ सर्वमान्य नेता घोषणा गरेको सो पार्टीका सह महासचिव राजेश चौधरीले बताए ।बद्री मण्डल सो पार्टीमा एउटा अभिभावकको रूपमा रहने बताउँदै उनले मण्डल आएपछि पार्टीको सांगठन

सम्बन्धित सामग्री

स्वीट्जरल्याण्डको पर्यटन सद्भावना दूतमा फुञ्जो नियुक्त

काठमाडौं– गोरखाकी फुन्जो झङ्मु लामा स्विट्जरल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई सद्भावना दूत नियुक्त गरेको हो ।  लामा चार वर्षका लागि सद्भावना दूत नियुक्त भएको मन्त्रालयले जनाएको छ । उनले सगरमाथा, मनास्लु, केटु, चोयु हिमालहरु सफल आरोहण गरिसकेकी छन् । फुन्जो लामाले सन् २०१८ मा […]

नेपाल सद्भावना पार्टीले सरिता गिरीबारे भोलि निर्णय गर्ने

नेपाल सद्भावना पार्टीले सरिता गिरीको बारेमा बुधबार निर्णय गर्ने भएको छ । गिरीले एक महिनामै पार्टी छाडे पनि नेपाल सद्भावना पार्टीलाई यसबारे आधिकारिक जानकारी छैन ।सरिता गिरीले पार्टी छाडेको जानकारी सञ्चारमाध्यमबाट मात्र प्राप्त भएको नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले बताए । मंगलबार रातोपाटीसँग उनले भने, ‘सरिता गिरीले सद्भावना पार्टी छाडेको आधिकारिक जानकारी आएको छैन, सञ्चारमाध्यमबाट नै हामीले जानकारी पाएका हौं, त्यसको बारेमा भोलि हामीले निर्णय गर्दैछौं ।’नेपाल सदभावना

तमलोपा र सद्भावना पार्टीबीच तालमेल हुने

वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने निर्णय गरेको छ ।दुई दलले गठन गरेको लोकतान्त्रिक मधेसी फ्रन्टको बैठकले सो निर्णय गरेको नेपाल सद्भावना पार्टीका सहमहासचिव डा.रविन्द्र कुमार चौधरीले बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्रहरुको अध्ययन गरी सम्भावना अनुसार आपसी सहमतिमा संयुक्त उम्मेदवारी दिने निर्णय भएको उनले बताए ।‘चुनावी तालमे

एक महिनामै छोडिन् सरिता गिरीले सद्भावना पार्टी

साउन ७ गते नेपाल सद्भावना पार्टीमा प्रवेश गरेकी सरिता गिरीले आज सो पार्टी छाडेकी छिन् । साउन ७ गते एक कार्यक्रमको बीच नेपाल सद्भावना पार्टीको सदस्यता लिएकी उनले आज फेसबुकमार्फत आफूले सो पार्टी छाडेको र आजदेखि स्वतन्त्र भएको बताएकी छिन् ।उनले भनेकी छिन्, ‘म दिवंगत माननीय प्रदीपजीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेन्डालाई अगाडी बढाउनका लागि उहाँको अन्तिम इच्छा अनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु । नेपाल सद्भावना पार्टीलाई मेरो सदैव सद्भावना रहने छ । कठिन समयमा ग

पुर्जा ‘सद्भावना दूत’ नियुक्त

कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स) नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत (द ग्लोबल गुडवील एम्बेसडर फर नेपाल्ज  टुरिजम) बनेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेका हुन् । मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी निर्मललाई बिहीबार सद्भावना दूत नियुक्त गर्नुका साथै सम्मानसमेत गरिएको छ ।मन्त्री आलेले आरोही पुर्जाको साहसिक हिमाल आरोहण यात्राको सम्मान गर्दै थप  सफलताको शुभकामना दिए । उनले आर

मीरा सद्भावना दूत

वैशाख दोस्रो साता अन्तरालको आयोजना र व्यवस्थापनमा हुने रारा म्याराथनको सद्भावना दूतमा कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई नियुक्त भएकी छिन्।...

निर्मल पूर्जा बने वल्डलिंकको सद्भावना दूत

काठमाडौं, १ पौष । पछिल्लो समय चर्चामा रहेका निर्मल पूर्जा अर्थात निम्स दाई वल्डलिंकको सद्भावना दूत भएका छन् । आठ हजारभन्दा अग्ला विश्वका १४ वटै हिमाल सात महिनामा आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल निर्मल पूर्जालाई वल्डलिंकले आफ्नो सद्भावना दूत नियुक्त गरेको हो । राजधानीमा आयोजित एक कार्यक्रममा वल्डलिंकले पूर्जालाई सद्भावना दूत नियुक्त गरेको […]

नेपाल सद्भावना पार्टी ब्युँझाइयो

एकताक चर्चामा आएको नेपाल सद्भावना पार्टी ब्युँझाइएको छ। रामकुमार महतो, सिताराम रौनियार, भरत साह, रवीन्द्र चौधरी (राजेश), सत्यनारायण साह, पवन साहलगायतका केही व्यक्तिहरूले निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी नाम गरेको दल दर्ता गरेका छन्।आयोगमा उक्त पार्टी १ सय ५५ औ नम्बरमा दर्ता भएको छ। साथै आयोगले उक्त पार्टीलाई पञ्जाछाप चुनाव चिन्ह प्रदान गरेको छ। पञ्जाछाप चुनाव चिह्न पुरानो सद्भावना पाटीको चुनाव चिह्न हो।  २०४७ बैशाख ३गते गजेन्द्रनारायण सिंहको नेतत्वमा नेपाल सद्भावना पार्टी दर्ता भएको थि

प्रकाश र सुनिता भए विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत नियुक्त भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच  उनीहरुलाई सद्भावना दूत नियुक्त गरिएको घोषणा गरेको हो ।बाग्लुङका सपुत र सिन्धुपाल्चोककी दुलाललाई एक वर्षका लागि सद्भावना दूतमा नियुक्त भएका हुन् । विपद् जोखिम न्यूनिकरणका लागि कलाकारको विशेष भूमिका निर्वाह गर्न सक्ने भन्दै उनीहरुलाई सद्भावना दूत नियुक्त गरेको प्राधिकरणले जनाएको छ ।कार्यक्रममा दुवै कलाका

पेप्सीको सद्भावना दूतमा प्रदीप खड्का

पेप्सीले सुपरस्टार प्रदीप खड्कालाई सद्भावना दूत बनाएको छ। सुपरस्टार खड्कालाई पेप्सीले नेपालका नयाँ ब्राण्ड सद्भावना दूत बनाएको हो। योसँगै पेप्सीले नवीनतम ग्रीष्म प्रचार अभियान पनि अघि बढाएको छ।...