गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत नियुक्त भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच उनीहरुलाई सद्भावना दूत नियुक्त गरिएको घोषणा गरेको हो ।बाग्लुङका सपुत र सिन्धुपाल्चोककी दुलाललाई एक वर्षका लागि सद्भावना दूतमा नियुक्त भएका हुन् । विपद् जोखिम न्यूनिकरणका लागि कलाकारको विशेष भूमिका निर्वाह गर्न सक्ने भन्दै उनीहरुलाई सद्भावना दूत नियुक्त गरेको प्राधिकरणले जनाएको छ ।कार्यक्रममा दुवै कलाका