नेकपा एकीकृत समाजवादीको संगठन विस्तार अभियानअन्तर्गत बैतडी जिल्लाका १० पालिकामा कमिटी गठन गरिएका छन् ।
नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष महादेव भट्टले ६ गाउँपालिका र ४ नगरपालिकामा कमिटी गठन गरिएको जानकारी दिए ।
पार्टीले संगठन विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ । ३ महिनासम्म जारी रहने अभियानमा सबै स्तरमा कमिटी गठन गरिने र त्यसपछि संगठन सुदृढीकरणको कामलाई अगाडि बढाइने दशरथचन्द नगरपालिका कमिटीका अध्यक्ष दिनेश ठगुन्नाले जानकारी दिए ।
यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको...