अमेरिकी निकाय एमसीसीसँग अनुदान सम्झौता भएको ४ वर्ष ५ महिना भयो । सम्झौता अनुमोदन गर्न सरकारले संसद्मा दर्ता गरेकै अढाई वर्ष पुग्यो तर यो अवधिसम्म सदनमा अघि बढेन ।
प्रधानमन्त्री शेरबहादुर देउवा अहिले तत्काल अनुमोदन गराउन लागेका छन् तर सत्ता गठबन्धनमै सहमति जुटेको छैन । बरु कडा शक्ति संघर्षको अवस्था देखिन्छ ।
कांग्रेस र जसपाको डा. बाबुराम भट्टराई पक्ष सम्झौता अनुमोदन गर्ने लाइनमा छ । जसपाका उपेन्द्र यादव खुलेका छैनन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादी पहिला संशोधन हुनुपर्ने अडानमा छन् । जनमोर्चाको लाइन कुनै हाल...