कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताएका छन् । बुधबार काठमाडौँमा सङ्घको ध्यानाकर्षण पत्र बुझ्दै उनले संवैधानिक व्यवस्थाअनुसार नागरिकतासँग सम्बन्धित विषय र सङ्घले उठाउँदै आएका अरु मागहरु कानून र नियमावली निर्माणबाट सम्बोधनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।यही चैत्र १२ र १३ गते काठमाडौँमा सम्पन्न दशौँ गैरआवासीय नेपाली सम्मेलनबाट निर्वाचित समितिलाई बधाई दि