कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअवासीय नेपाली संघले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताएका छन् । बुधबार काठमाडौंमा गैरआवसीय नेपाली संघको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बडूले सवैधानिक व्यवस्थानुसार नागरिकतासँग सम्बन्धित विषय र संघले उठाउँदै आएका अरु मागहरु कानुन र नियमावली निर्माणबाट सम्बोधनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचनबद्धता गरे । चैत्र १२ र १३ गते काठमाडौंमा सम्पन्न दशौं गैरआवासीय नेपाली सम्मेलनबाट निर्वाच