काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चूनौतीपूर्ण रहेको आपूर्ति व्यवस्थाको समस्यालाई गम्भीर भएर समाधान गर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री बडूले खाद्यान्नदेखि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएका समस्या समाधान गर्ने बताएका हुन् । यसका लाग अल्पकालीन र दीर्घकालीन योजना बनाएर समाधानको प्रयास खोजिने र सरोकारबालासँग छलफल गरिने पनि उनले बताए । […]