कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअवासीय नेपाली सङ्घ (एनआरएनए)ले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ । बुधबार काठमाडौँमा सङ्घको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले संवैधानिक व्यवस्थानुसार नागरिकतासँग सम्बन्धित विषय र सङ्घले उठाउँदै आएका अरु मागहरु कानून र नियमावली निर्माणबाट सम्बोधनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । …