दार्चुला – डेङ्गी सङ्क्रमणबाट दार्चुलामा एक किशाेरीकाे ज्यान गयाे । डेङ्गी सङ्क्रमणबाट महाकाली नगरपालिका–९ दत्तुकी १४ वर्षीया किशाेरीकाे ज्यान गएकाे हाे ।
भदौ ७ गते जिल्ला अस्पताल दार्चुलामा डेङ्गी पोजेटिभ देखिएकी किशाेरीलाई उपचारका लागि भारतको हल्द्वानी लगिएको थियो । उपचारका क्रममा गए राति उनको ज्यान गएकाे पारिवारिक स्राेतले जनाएको छ ।
मृतक किशाेरी राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्ययनरत छात्रा रहेको विद्यालयका प्रधानाध्यापक राजेशसिंह सामन्तले जानकारी दिनुभयो । उनकाे निधनमा आज आइतवार विद्यालयमा श...