लोप भए टुकी र दियालो, देखिनै छोडे आरन

पुर्खाको जीवनशैली र तत्कालीन समयको  पहिचान दिने टुकी र दियालो बाल्ने परम्परा लोप हुन थालेको छ । म्याग्दी जिल्लाका गाउँगाउँमा तीव्रगतिमा भइरहेको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको प्रयोगसँगै ती परम्परा हराउँदै गएको हो । डेढ दशक अघिसम्म जिल्लाका ग्रामीण क्षेत्रमा देखिने आरन पनि पछिल्लो समय विस्थापित भएका छन् । आयातित कृषि औँजारको प्रयोग गर्ने चलन सुरु भएपछि परम्परागत कृषि औँजार निर्माण गरिने आरन पेसा हराउँदै गएको आरन पेसा सञ्चालन गर्ने  विश्वकर्माले बताएका छन् । जिल्लाका ग्राम

सम्बन्धित सामग्री

गाउँघरमा बिजुली पुग्याे, हराउन थाले परम्परागत ढिकी जाँतो

रौतहटका ग्रामीण तथा दुर्गम भेगमा ढिकी जाँतो पाउन छाडिएको छ । गाउँगाउँमा विद्युतीकरण भए सँगै ढिकी जाँतो पाउन छाडिएको हो । बिजुली र तेलबाट चल्ने नयाँ प्रविधिका मिल भित्रिएपछि गाउँघरमा ढिकी र जातो लोप हुँदै जान थालेका छन् । गाउँमा टुकी विस्थापित भएसँगै अन्न कुटानी पिसानी गर्ने परम्परागत ढिकी जाँतो समेत विस्थापित भएका छन् । विशेष गरी हिउँदको समयमा महिलाहरु एकै ठाउँमा भेला भएर पालैपालो एउटै ढिकी–जाँतोमा अन्न कुट्ने र पिस्ने गर्दथे  तर अहिले मीलमा अन्न लगेर कुटानी पिसानी गर्न थालेपछि हिउँदभरी चल्ने ढिकी जाँतो पुर्ण रुपमा बन्द भएका छन् । विद्युत र तेलबाट चल्ने मिलले गर्दा गाउँघरमा रहेका अन्न कुट्ने परम्परागत ढिकी र जाँतोको उपयोग हुन छाडेको चन्द्रपुर नगरपालिका वडा नम्वर १० का अध्यक्ष जयराम चौधरीले बताउनुभयो । थोरै अन्न पिस्न घण्टौं लगाएर ढिकी जाँतो गर्नुपर्ने झन्झटको सट्टा सस्तो मै मिलमा अन्न सजिलै छिनमै पिसिदिने भएपछि सहज भएको उहाँको भनाइ छ  । ‘केही वर्ष अघिसम्म गाउँमा चिउरा, धान, गहुँ, कोदो र पिठोका लागि ढिकी जाँतो प्रयोग हुन्थ्यो तर अहिले परम्परागत साधन थन्किएका छन्, गुजरा नपा वडा नम्वर २ की अस्मिता चौलागार्इंले बताउनुभयो । डेढ दशक अघिसम्म आमा भाउजुहरुले बिहान रातीदेखि घण्टौंसम्म अन्न कुटानी पिसानीका लागि ढिकी जाँतो गर्नुपथ्र्यो, तर मिल आएपछि सजिलो भएको उहाँको भनाइ छ ।

लोप हुँदै टुकी र दियालो

पछिल्लो समयमा भएको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको प्रयोगसँगै नेपालीको पुरानो अवस्थाको पहिचान दिने टुकी र दियालो बाल्ने परम्परा लोपोन्मुख भएका छन् । देशका ग्रामीण क्षेत्रका सबै स्थानमा विद्युत् पुगिनसके पनि भनेको बेलामा मटितेल नपाइने र पहिलेजस्तो सल्लाको रुखबाट दियालोसमेत निकाल्न नपाइने भएकाले अध्यारोमा टुकी र दियालो बाल्ने परम्परा लोप हुन लागेका हुन् ।

गाउँमा बिजुली बलेसँगै हराए ढिकी जाँतो

ओखलढुङ्गाका ग्रामीण तथा दुर्गम भेगमा ढिकी जाँतो पाउन छाडीएको छ । गाउँगाउँमा मार्फत विद्युतीकरण भएसँगै ढिकी जाँतो पाउन छाडिएको हो । बिजुली र तेलबाट चल्ने नयाँ प्रविधिका मिल भित्रिएपछि गाउँघरमा ढिकी र जातो लोप हुन लागेका हुन् । गाउँमा टुकी विस्थापित भएसँगै अन्न कुटानी पिसानी गर्ने परम्परागत ढिकी जातो समेत विस्थापित भएका छन् । केही वर्ष अघिसम्म गाउँका मानिसहरू बर्खायाममा खेतबारी खनजोत गर्नु, धान कोदो रोप्न ब्यस्त हुने भए पनि हिउँदको समयममा निकै फुर्सदिला हुन्थे ।