ओखलढुङ्गाका ग्रामीण तथा दुर्गम भेगमा ढिकी जाँतो पाउन छाडीएको छ । गाउँगाउँमा मार्फत विद्युतीकरण भएसँगै ढिकी जाँतो पाउन छाडिएको हो ।
बिजुली र तेलबाट चल्ने नयाँ प्रविधिका मिल भित्रिएपछि गाउँघरमा ढिकी र जातो लोप हुन लागेका हुन् । गाउँमा टुकी विस्थापित भएसँगै अन्न कुटानी पिसानी गर्ने परम्परागत ढिकी जातो समेत विस्थापित भएका छन् । केही वर्ष अघिसम्म गाउँका मानिसहरू बर्खायाममा खेतबारी खनजोत गर्नु, धान कोदो रोप्न ब्यस्त हुने भए पनि हिउँदको समयममा निकै फुर्सदिला हुन्थे ।