पछिल्लो समयमा भएको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको प्रयोगसँगै नेपालीको पुरानो अवस्थाको पहिचान दिने टुकी र दियालो बाल्ने परम्परा लोपोन्मुख भएका छन् ।
देशका ग्रामीण क्षेत्रका सबै स्थानमा विद्युत् पुगिनसके पनि भनेको बेलामा मटितेल नपाइने र पहिलेजस्तो सल्लाको रुखबाट दियालोसमेत निकाल्न नपाइने भएकाले अध्यारोमा टुकी र दियालो बाल्ने परम्परा लोप हुन लागेका हुन् ।