आफ्नै पूर्वमहासचिवको सांसद पद खारेज नगरेको भन्दै एमाले सांसदले गरे अवरोध

काठमाडौं, २३ भाद्र । नेकपा एमालेका महासचिव थिए माधवकुमार नेपाल । एमालेको नेतृत्वमा लामो समय रहेका उनी अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष छन् । राजनीतिक घटनाले परिस्थिति यस्तो बनायो कि उनको सांसद पद खारेज नगरेको भन्दै उनी महासचिव रहिसकेको दलका सांसदले प्रतिनिधि सभामा अवरोध गरे । आज एमाले सांसदको अवरोधले स्थिति असामान्यतर्फ बढिसकेको थियो । […]

सम्बन्धित सामग्री

आज टोपबहादुरको सांसद पद निलम्बन गरिने

काठमाडौं, साउन १५ । आज नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्बन गरिने भएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले देवराज घिमिरेले जनाकारी गराउँनेछन्। ​ यसैगरी, आजको बैठकमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ। […]

‘१० दिन लगातार अनुपस्थित भए सांसद पद खाली हुँदैन?

प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी महतो कोइरी संसद्को बैठकमा लगातार अनुपस्थित रहेको भन्दै सांसद पद खारेजीको माग गरेका छन्।...

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन स्थापितले सांसद त्यागे

नेकपा (एमाले)बाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन लागेका केशव स्थापितले प्रदेश सांसद पद त्यागेका छन्। आइतबार सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाउँदै स्थापितले सांसद पद त्यागेका हुन्। स्थापितले सभामुख श्रेष्ठसमक्ष बुझाएको राजीनामा...

बलात्कार आरोपी एमालेका मोहन बानियाँको सांसद पद निलम्बन

काठमाडौं, २२ फागुन । बलात्कार गरेको आरोपमा पक्राउ परेकानेकपा (एमाले)का मोहन बानियाँको सांसद पद निम्बनमा परेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन् । मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको छ । उनी जिल्ला प्रहरी कार्यालय बाँकेको […]

वामदेव गौतमको सांसद पद के हुन्छ?

वामदेव गौतमले एमाले छाडे पनि उनको सांसद पद नजाने भएको छ। गौतम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत सांसद हुन्।

सांसद पद जोगाइदिन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं। नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले सांसद पद कायम नै राखिदिन माग गर्दै सर्वोच्च्च अदालतमा रिट दायर गरेका छन्। बुधबार मुद्दाको टुङ्गो नलागेसम्म प्रतिनिधिसभा सदस्यकै रूपमा कामकाज गर्न पाउँ भन्दै रायमाझीले रिट दर्ता गराएका हुन्। पूर्व माओवादी केन्द्रमा रहेका रायमाझी अदालतको आदेशले नेकपा विभाजन हुँदा एमाले रोजेका थिए। लगत्तै उनलाई माओवादीले कारबाही गर्दै सांसदबाट हटाएको थियो।

सांसद पद बिउँताइदिन माग गर्दै पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

काठमाण्डाै – नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाकाे माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माओवादी केन्द्रले गैरकानुनी रूपमा आफूहरूलाई सांसद पदबाट हटाएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् ।सर्वोच्चले परमादेशमार्फत सांसद पद पुनर्स्थापना गरिदिनुपर्ने माग गरिएको नेता टोपबहादुर रायमाझीले उज्यालोलाई जानकारी दिनुभयो । माओवादीले गैरकानुनी रूपमा हटाएको र सर्वोच्चले एमाले...

यी हुन् माओवादी छाडेपछि सांसद पद गुमाउने १३ नेता

काठमाडौं, ५ वैशाख । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका १३ जनाले सांसद पद गुमाएका छन् । उनीहरु मध्ये ४ प्रत्यक्षतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसद छन् । एकजना राष्ट्रिय सभा सांसद छन् । बाँकी ८ जना प्रदेश सभा सांसद छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि उत्पन्न राजनीतिक तरंगका क्रममा […]