राष्ट्रपति जो बाइडेनले मंगलबार समलिङ्गी र अन्तरजातीय दम्पतीहरूका लागि नयाँ संघीय सुरक्षासम्बन्धी कानूनमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसबाट यस क्षणको महत्त्व झल्काउन आयोजित कार्यक्रममा हजारौं आमन्त्रित पाहुनाहरू अघि बाइडेनले विवाहको सम्मान ऐनमा हस्ताक्षर गरेका हुन् । अमेरिकाका संसदका दुबै सदनबाट समलिङ्गी विवाह संरक्षण गर्ने बिल बहुमतले पारित भएको थियो । नोभेम्बरको अन्तिमसाता अमेरिकी सिनेटबाट […]