‘म मेची बगरको मान्छेले लिम्पियाधुरा र लिपुलेक देखेँ, तर शेरबहादुर देख्नुहुन्न !’

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मेची बगरको मान्छे भएपनि महाकालीको लिम्पियाधुरा, लिपुलेक र कालापानी देखेको तर प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराकै भएर पनि लिम्पियाधुरा र लिपुलेक नदेखेको टिप्पणी गरेका छन् । बिहीबार बैतडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई विकासको बाटोमा अगाडि बढाउने दाबी गरे । उनले भने, ‘झुलाघाटमा पक्की पुल बनाउने जिम्मा एमालेले लिन्छ । म लिन्छु । यो पोल मात्रै होइन, गोकुलेको विद्यालयलगायतका विकासका काम अ

सम्बन्धित सामग्री

कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूभाग : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूभाग भएको बताउँदै नेपाल र भारतबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा अच्युत गौतमद्वारा लिखित नेपाल–भारत सीमा कूटनीति कालीनदी सन्दर्भमा अन्तर्राष्ट्रिय कानुनको दृष्टि विषय पुस्तक विमोचन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले नेपालको नक्सामा ती भूभाग …

सरकारलाई ओलीको प्रश्न : लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो कि होइन ?

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्न सक्नुहुन्छ? भनेर प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले प्रधानमन्त्री देउवाले नीति तथा कार्यक्रममा आफ्नो भूमिबारे बोल्न नसकेकाे आराेप लगाए। 'योभन्दा कायरता के हुन्छ? लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो कि होइन? सरकार यो नेपालको हो भन्न सक्छ कि सक्दैन? यो जमिन फिर्ता ल्या

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो - नेपाल सरकार

काठमाण्डौ – नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको जनाएको छ । सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आज आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताउनुभयो । नेपाल सरकारले भारत सरकारलाई न...

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो : सञ्चारमन्त्री कार्की

काठमाडौं, माघ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको तथ्यमा सरकार स्पष्ट रहेको बताउनुभएको छ । आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भुभाग रहेको तथ्यमा सरकार दृढ र स्पष्ट रहेको बताउनुभएको हो । सरकारले भारतलाई नेपाली भुभागमा एक […]

लिपुलेक, लिम्पियाधुरा र कालापानी समस्या होइन, डराउनुको पनि हद हुन्छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको समस्या नभई आफ्नो भूमि भएको बताएका छन्। सरकारले ल्याएको साझा न्यूनतम कार्यक्रममा सरकारले समस्या समाधान गर्ने उल्लेख गरेपछि ओलीले त्यसलाई प्रश्न गर्दै भने, 'लिपुलेक, लिम्पियाधुरा र कालापानी समस्या होइन। त्यो हाम्रो भूमि हो। त्यसलाई फिर्ता ल्याउँछु किन भन्नु सक्नुभएन। आफ्नो जग्गा फिर्ता लिन्छौ भन्नुको सट्टा समस्या हो भन्ने?'अघिल्लो सरकारले आँट गरेर आफ्नो जग्गासहितको नक्सा छापेको उनले बताए। प्रधान

लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या होइन, हाम्रो भूमि हो : एमाले

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको साझा न्यूनतम कार्यक्रममा भनिएजस्तो लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या नभई नेपाली भूमि भएको बताएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता...