कर वृद्धिको विरोध गर्दै मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुममा सडक निर्माण ठप्प

तेह्रथुम – कर वृद्धिको विरोधमा निर्माण व्यवसायीले तेह्रथुमको म्याङलुङ–हलीमेला खण्डमा निर्माणाधिन मध्य पहाडी लोकमार्ग निर्माणको काम ठप्प पारेका छन् ।  सडक निर्माण सामग्री ढुवानी गर्दै आएका सवारीलाई म्याङलुङ नगरपालिकाले अत्याधिक कर लगाएको भन्दै व्यवसायीले राष्ट्रिय गौरबको आयोजनाको काम नै रोकेका हुन् ।  ...

सम्बन्धित सामग्री

८ वर्षसम्म काम नगरेपछि ठेक्का तोडियो, सडक निर्माण झन् अन्योलमा

१९ पुस, पोखरा । बागलुङको काठेखोला गाउँपालिका–५ र ६ का बासिन्दा मध्यपहाडी लोकमार्ग आफ्नो वडा हुँदै जाने थाहा पाउँदा निकै उत्साहित थिए । बागलुङको ग्रामीण भेगमा फराकिलो सडक बन्ने योजना पर्दा खुशी हुनु स्वाभाविक थियो । यहाँको सडक दुई वर्षभित्र बनाइसक्ने गरी १० माघ २०७२ मा एमपी/एससीएफ/इसीसी जेभीले ठेक्का लिएको थियो । तर, ८ वर्ष […]

सडक निर्माण अलपत्र यात्रु र व्यवसायी मर्कामा

मध्यपहाडी लोकमार्ग अन्तर्गतको मालढुङ्गा–बेनी सडकखण्डको निर्माण अलपत्र छाडिएको छ । सडक निर्माणको काम वर्षाको समयमा अगाडि बढ्न सकेन । सडक निर्माण अलपत्र छाडिँदा यात्रुले सास्ती बेहोर्नु परेको छ भने सडक आसपास व्यापार गरी बसेका व्यापारीको व्यवसाय चौपट भइसकेको छ । सडककै कारण सडक आसपासका व्यापारीको पसलमा ग्राहक आउन सक्ने अवस्था छैन भने आवश्यकीय सामान खरिद गरी ल्याउन पनि व्यवसायीलाई समस्या छ ।

मध्यपहाडी लोकमार्ग  ‘एक महीनामै बग्न थाल्यो अलकत्रा’

मध्यपहाडी लोकमार्गमा अन्तर्गत रुकुम पश्चिमको मुसीकोट खण्डमा कालोपत्र गरेको सडकमा अलकत्रा बग्न थालेको छ । गर्मी बढेसँगै मुसीकोट नगरपालिका–३ खरखरे आसपास क्षेत्रको सडकबाट अलकत्रा बग्न थालेको हो । एक महीना अगाडि कालोपत्र गरेको सडकमा अलकत्रा बग्न थालेको हो ।  मुसीकोट नगरपालिका–३ का वडाध्यक्ष दशरथ केसीले एक महीनाअघि कालोपत्र गरेको सडकबाट अलकत्रा निस्कन थालेको र कालोपत्र समेत उप्किन थालेको बताए । उनले भने, ‘अलकत्रा बगेर कालोपत्र समेत उप्किन थालेको छ, यसले कालोपत्रको गुणस्तरमा समेत शंका उब्जाएको छ ।’ अलकत्रा बग्न थालेपछि सवारीसाधन आवतजावतमा समस्या हुने गरेको वडाध्यक्ष केसीले बताए । यसबाट सवारीसाधन दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ । वडाध्यक्ष केसीले भने, ‘अलकत्राका कारण सवारीसाधनका टायर सडकमै जाम हुने भएकाले दुर्घटनाको जोखिम बढेको हो ।’  रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले अलकत्रा बगेको र कालोपत्र समेत उप्केको भन्ने जनगुनासोको आधारमा सडकको अनुगमन गरिएको बताए । उनले भने, ‘सडकबाट अलकत्रा बगेको र कालोपत्र उप्केको विषयमा जाँचबुझ गर्न सम्बन्धित कार्यालयमा लेखी पठाएका छौं ।’  मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका प्रमुख सिनियर डिभिजन इञ्जिनीयर युवराज पोखरेलले चिसो समयमा कालोपत्र गरेकाले अलकत्रा बगेको बताए । उनले भने, ‘अलकत्रा वढी भएको ठाउँमा गर्मीका कारण सडक तातिएर अलकत्रा निस्किएको हो ।’ उनले अलकत्रा बढी परेको ठाउँमा गर्मी मौसममा यस्तो खालको समस्या आउने बताए । निर्माण कम्पनीले अहिलेलाई अलकत्रा निस्किएको तथा बगेको ठाउँमा बालुवा वा मसिनो गिट्टी हालेर समस्या समाधान गरिएको बताएको छ । उक्त निर्माण योजना आयोजना कार्यालयलाई हस्तान्तरण नभएकाले निर्माण कम्पनीले नै मर्मतको काम गर्ने प्रमुख सिनियर डिभिजन इञ्जिनीयर पोखरेलको भनाइ छ । यस क्षेत्रमा सडक निर्माणको जिम्मा पाएको यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले जाडो समयमा कालोपत्र गर्ने क्रममा केही ठाउँमा अलकत्रा बढी परेकाले यस्तो समस्या आएको बताए । उनले भने, ‘चिसोमा अलकत्रा नजम्ने डरले अलि बढी प्रयोग गरिएको ठाउँबाट सडक तातिएर बग्न थालेको हो ।’ उक्त क्षेत्रको करीब पाँच किलोमिटर सडक गत मङ्सिरमा कालोपत्र गरिएको थियो । केही स्थानमा त्यस्तो समस्या आएको र अहिले बालुवा राखेर समस्या समाधान गरिरहेको केसीले जानकारी दिए । मध्यपहाडी लोकमार्ग निर्माणकै क्रममा रहेकाले पूर्ण रूपमा सडक निर्माण नभएसम्म हस्तान्तरण नहुने उनको  भनाइ छ ।

मध्यपहाडी लोकमार्ग निर्माण कार्य तीव्र

राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत लामो समय रोकिएको लमजुङ खण्डको निर्माण कार्यले गति लिएको छ । जिल्लामा पर्ने ४५ किलोमिटर लोकमार्ग सडकमध्ये सुन्दरबजारको पाउदीदेखि मध्यनेपालको कल्याण बेसीसम्मको सडक निर्माण कार्यले गति लिएको हो । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणमा लमजुङ सुन्दरबजार र मध्यनेपालको भोर्लेटारमा लामो समय सडक निर्माण कार्य रोकिएको थियो । तर सरोकारवालाको […]

मध्यपहाडी लोकमार्ग : अगाडि बनाउँदै जाँदा पछाडि भत्किँदै जान्छ

सुर्खेत :मध्यपहाडी लोकमार्गको जाजरकोट भेरी नगरपालिका– १३ कुदुदेखि स्याउली बजारसम्म पिचको काम पूरा भए पनि भत्किने कामसमेत सुरु भएको छ। आधा दर्जन बढी ठाउँमा सडक भत्किएका कारण यो पिच भएको सडक जोखिमपूर्ण भएको छ।निर्माण व्यवसायीले भत्किएको सडक मर्मततर्फ ध्यान नदिएको स्थानीय भविलाल शाहीले बताए। १७ किलोमिटर सडक पिच भएकोमा जगतीपुरदेखि स्याउली बजारसम्म अधिकांश ठाउँमा भत्किएको शाहीले बताए। सडक निर्माण गर्दा स्थानीयबासीको होटलमा खाएको र कामदारले श्रमको मूल्य नपाएको गुनासोसमेत गरेका छन्।मध्यपहाडी लोकम

जाजरकोटमा तीन ठूला सडकको स्तरोन्नति जारी

सुर्खेत : दुर्गम तथा पिछडिएको पगरी गुथाइएको जाजरकोटमा तीनवटा ठूला सडक निर्माण कार्य जारी रहेको छ।भेरी करिडोरअन्तर्गत छिन्चु– जाजरकोट हुँदै डोल्पा सडक, मध्यपहाडी लोकमार्ग र लुम्विनी – रारा सडकको निर्माण कार्य जारी रहेको छ। यी सबै सडकको स्तरोन्नतिको काम भइरहेको छ।जाजरकोट हुँदै जुम्ला जोड्नका लागि सुरुङ मार्गको समेत सम्भाव्यता अध्ययनको काम जारी रहेको छ। मध्य पहाडी लोकमार्गको जाजरकोट खण्डभित्र रहेको ८३ किलोमिटर सडकको काम समेत जारी रहेको छ।यो सडक खण्डभित्र रहेको सर्वाधिक कठिन ठाउँ मन्ताभि

सिन्धुलीमा टोले सडकका कारण भूक्षय र प्राकृतिक विपत्ति बढ्दै

सिन्धुली । सिन्धुलीमा वीपी, मदन भण्डारी राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै अध्ययनबिना टोले सडक निर्माण गरिएका कारणले भूक्षय र प्राकृतिक विपत्ति बढेको छ । प्राकृतिक वातावणीय प्रभाव मूल्यांकनबिना नै जथाभावी रुपमा ग्रामीण सडक निर्माण गर्ने कार्य तीब्र रुपमा संचालन गरिएका कारण सिन्धुली जिल्लाका विभिन्न स्थानमा भूक्षय हुँदा पहिरो र बिनाश बढ्दै गएकाे हाे । […]

मध्यपहाडी सडक निर्माण अझै अधुरै

देशको समृद्धिको आधारको रूपमा हेरिएको र नेपालको मध्यपहाडी भूभागमा निर्माण गरिन लागेको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना निर्माणअन्तर्गत अछाममा चारमध्ये एक खण्डको काम अझै सम्पन्न हुन सकेको छैन । चारवटा खण्डमा काम भएको अछाममा ३ खण्डको काम सम्पन्न भइसकेको छ । आयोजनाको ६० किलोमिटर सडक अछाममा पर्छ ।

पुल निर्माण नहुँदा यातायात ठप्प

उदयपुर, असोज १३ । पूर्व पश्चिम मदन भण्डारी लोकमार्ग निर्माण भएपनि पुल र एप्रोच सडक निर्माण नहुँदा सार्वजनिक यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सरकारको उच्च प्राथमिकतामा परेको यो राजमार्ग मध्यपहाडी लोकमार्ग र चुरे आसपासका क्षेत्रमा रहेका १४ वटा जिल्लाको विकासको ढोका खोल्ने बताइएको छ । पहिलो चरणमा निर्माण भएको चौदण्डी गढी नगरपालिका विरेन्द्र […]

मध्यपहाडी लोकमार्ग निर्माणको काम ९५% सम्पन्न

वैशाख ५, भोजपुर । भोजपुर–चखेवा भञ्ज्याङ मध्यपहाडी लोकमार्ग निर्माणको काम ९५ प्रतिशत सकिएको छ । सडकखण्डको ४२ किलोमिटरमध्ये ४० किलोमिटर कालोपत्रको काम सकिएको हो ।  यही वैशाख महीनाभित्र सम्पूर्ण काम सक्ने पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथरले जानकारी दिएको छ । कालोपत्रको काम भएकाले मौसमका कारण कठिनाइ भए पनि कामलाई गति दिइएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताए । तामाङ गोल्डेन गुड्सले आर्थिक वर्ष २०७२र७३ बाट कामको थालनी गरेको थियो । यसअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि लकडाउन, मौसमलगायतका कारण केही ढिला भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।  खासगरी काम गर्ने समय पाँच महीना मात्र उपयुक्त हुने भएकाले काममा केही बाधा पुग्ने गरेको कम्पनीका इञ्जिनीयर शैलेन्द्र मल्लले जानकारी दिए ।  सडकको निर्माण लागत करीब रू. ६५ करोड रहेको छ । सडक निर्माणको काम दुई प्याकेजमा भइरहेकोे छ । पहिलो प्याकेजको काम पूर्णरूपमा सम्पन्न भएको छ । दोस्रो प्याकेजको दुई किलोमिटर मात्र कालोपत्र गर्न बाँकी रहेको कम्पनीले जानकारी दिएको छ । सडक निर्माण भइरहेको स्थलको टेम्केमैयुङ गाउँपालिकाले अनुगमन गरिरहेको छ । कम्पनीको कामको गति हेर्दा काम वैशाखभित्रै सम्पन्न हुने देखिएको गाउँपालिका अध्यक्ष धु्रवराज राईले बताए ।  अध्यक्ष राईले भने, ‘कामको गति हेर्दा यही वैशाखभित्र सम्पन्न हुने देखिएको छ । कामलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउन हामीले निर्वाह गर्ने भूमिका गरिरहेका छौँ । सडक निर्माणले पूर्णता पाएपछि यहाँका स्थानीयवासीलाई सहजता थपिने छ ।’ सडक निर्माण सम्पन्न भएपश्चात जिल्लाको विकासमा टेवा पुग्ने देखिएको छ । सडक विस्तारले गति लिएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा समेत वृद्धि भएको छ । सडकको सहज पहुँच भएपछि पर्यटकीय क्षेत्र टेम्केडाँडा, चखेवा भञ्ज्याङलगायत स्थानमा मानिस पुग्न थालेका छन् ।  साथै सडकको सहज पहुँचले उत्पादित कृषि उपजलाई बजारसम्म पुर्‍याउनसमेत सहज भएको स्थानीयवासीको भनाइ छ । स्थानीयवासी प्रेम राईले भने ‘सडक कालोपत्र भएपछि यहाँ अन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बढेको छ भने कृषि उपजलाई बजारसम्म पुर्‍याउन सहजता भएको छ ।’ रासस