देशको समृद्धिको आधारको रूपमा हेरिएको र नेपालको मध्यपहाडी भूभागमा निर्माण गरिन लागेको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना निर्माणअन्तर्गत अछाममा चारमध्ये एक खण्डको काम अझै सम्पन्न हुन सकेको छैन । चारवटा खण्डमा काम भएको अछाममा ३ खण्डको काम सम्पन्न भइसकेको छ । आयोजनाको ६० किलोमिटर सडक अछाममा पर्छ ।