सुर्खेत :मध्यपहाडी लोकमार्गको जाजरकोट भेरी नगरपालिका– १३ कुदुदेखि स्याउली बजारसम्म पिचको काम पूरा भए पनि भत्किने कामसमेत सुरु भएको छ। आधा दर्जन बढी ठाउँमा सडक भत्किएका कारण यो पिच भएको सडक जोखिमपूर्ण भएको छ।निर्माण व्यवसायीले भत्किएको सडक मर्मततर्फ ध्यान नदिएको स्थानीय भविलाल शाहीले बताए। १७ किलोमिटर सडक पिच भएकोमा जगतीपुरदेखि स्याउली बजारसम्म अधिकांश ठाउँमा भत्किएको शाहीले बताए। सडक निर्माण गर्दा स्थानीयबासीको होटलमा खाएको र कामदारले श्रमको मूल्य नपाएको गुनासोसमेत गरेका छन्।मध्यपहाडी लोकम