काठमाडौं : कोरोनाविरुद्धको पहिलो डोज कोभिसिल्ड खोप लगाएर दोस्रो डोज लगाउन नपाएका ज्येष्ठ नागरिकहरूले अबको एक महिनाभित्र दोस्रो डोज खोप लगाउन पाउने भएका छन्। झण्डै सत्र हप्ताअघि पहिलो डोज कोभिसिल्ड खोप लगाएका उनीहरूलाई दोस्रो डोज खोप दिइने भएको हो।स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्यालले अबको एक महिनाभित्र रोकिएको कोभिसिल्डको दोस्रो डोज खोप पाउने बताए।गत २३ फागुनदेखि कोभिसिल्ड खोप लगाएका ६५ वर्षमाथिका नागरिक, कतिपय जनप्रतिनिधि, कर्मचारीलगायत १० लाख भन्दा बढीले खोप