सरकारले कोरोनाभाइरस (कोभिड–१९ं) विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको हो ।जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएपछि पूर्ण मात्रा हुन्छ । यस्तै, अन्य खोप पनि पूर्ण मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले पुनः आग्रह गरेको छ ।
काठमाडौं : उपत्यकाका विभिन्न खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउने भिड लागेको छ। नेपालमा कोरोनाको संक्रमणदर बढेपछि मंगलबार बसेको काठमाडौं उपत्यकाका तीनै प्रमुख जिल्लाहरूको बैठकले कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्डको अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख गरेपछि कोरोना विरुद्धको दोस्रो डोज लगाउनेको भिड बढेको हो।मीनभवनस्थित सिभिल अस्पतालमा बिहानैदेखि कोभिड विरुद्धको दोस्रो डोज भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लग
विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको अहिलेसम्म पनि कुनै खास उपचार हुन सकेको छैन । विभिन्न देशहरुले कोभिड विरुद्ध अध्ययन गरिहेका छन् तर, अहिलेसम्म कुनै देशहरुले पनि कोभिड नियन्त्रणको प्रभावकारी उपचार पत्ता लगाउँन सकेका छैनन् ।
कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म ८१ हजार ३५२ जनाले लगाइसकेका छन् । साउन ४ गतेदेखि शुरु भएको जोन्सन एण्ड जोन्सन खोप अभियानमा बुधबार अपराह्न ४ बजेसम्म ८१ हजार ३५२ जनाले लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ ।
जोन्सन एण्ड जोन्सन खोप अभियानमा अहिले सात प्रदेशमध्ये बागमती प्रदेश र गण्डकी प्रदेशमा मात्र सञ्चालन भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयका सह–प्रवक्ता डा.अधिकारीले बागमती प्रदेशमा ७८ हजार ४३५ जना र गण्डकी प्रदेशमा २९ सय १७ जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाइसक्नुभएको जानकारी दिनुभयो ।
काठमाडौँ । काठमाडौँमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने भएका छन् । यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाउन शुरु गरिएको थियो । तर दुई दिनसम्म लगाउँदा खोप बाँकी रहेपछि […]
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप लगाइँदैछ। एक पटक मात्रै लगाए पुग्ने यो खोप ५० देखि ५४ वर्ष उमेर समुहलाई लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आजदेखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइने जानकारी दिए । जोन्सन एण्ड जोन्सनको खोप […]
The post आजदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइँदै (खोप केन्द्रको सूचीसहित) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सोमबारदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप पहिलो मात्रा लगाइँदै छ । यो खोप एक पटक लगाए मात्रै लगाए पुग्ने छ ।