काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दक्षिणपन्थी र प्रतिगमनकारी कित्ताबाट उठेका व्यवस्था परिवर्तनको मागहरू र उग्र जातिवाद र क्षेत्रीयतावादको चुनौतीलाई चिर्ने आवश्यकताबारे ध्यानाकर्षण गराएको छ। पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई महासचिव शंकर पोखरेलले देशमा देखिएको चुनौती चिर्न सक्ने कदम चाल्न सुझाएका हुन्। उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वले यो सुझाव पत्र तयार पारेको थियो। […]