राष्ट्रियसभाको अध्यक्षमा शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत - NepaliPatra

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ । राष्ट्रियसभा बैठकमा शर्माको विपक्षमा बहुमत सदस्यले मत जाहेर गरेपछि सो प्रस्ताव अस्वीकृत भएको हो । ५६ सांसद सहभागी बैठकमा शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत परेको छ । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल उम्मेदवार छन् ।

सम्बन्धित सामग्री

राष्ट्रियसभाको अध्यक्षमा शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ । जारी राष्ट्रियसभा बैठकमा शर्माको विपक्षमा बहुमत सदस्यले मत जाहेर गरेका हुन् । नेपाली कांग्रेसका शर्मालाई लोसपाको पनि समर्थन छ । ५६ सांसद सहभागी बैठकमा शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत परेको छ । गठबन्धनबाट नारायण दाहाल उम्मेदवार छन् ।

राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका दाहाल निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभाको बैठकमा अध्यक्ष पदका लागि मंगलवार (आज) भएको मतदानमा दाहाल निर्वाचित भएका हुन् ।  बैठकमा उपस्थित ५६ सांसदमध्ये दाहालको पक्षमा ३९ सांसदले हस्ताक्षर गरेका थिए । यो संख्या राष्ट्रिय सभाको कुल सदस्य संख्याको बहुमत रहेको भन्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले दाहाल अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरिन् ।  दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा भने १७ मत परेको थियो । ५९ सदस्यीय हुने राष्ट्रिय सभामा हाल कायम सांसदको संख्या ५८ छ ।  राष्ट्रिय सभामा सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका १७, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका ८ र जनता समाजवादी पार्टी, नेपालका ३ सांसद छन् । यस्तै, नेपाली कांग्रेसका १६, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका १–१ सांसद छन् । यसैगरी, मनोनित सांसदको संख्या २ छ ।  राष्ट्रिय सभाको अध्यक्ष पदमा सत्ता गठबन्धनबाट दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दिएका थिए । शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव भने बहुमतले अस्वीकृत भएको थियो । उक्त प्रस्तावको पक्षमा १७ र विपक्षमा ३९ सांसदले हस्ताक्षर गरेका थिए ।

नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयन अन्योलमा

काठमाण्डाै - सुदूरपश्चिम प्रदेश सभामा हिजो शनिवार पनि सभामुख चयन हुन सकेन । सभामुख चयनका लागि बिहीवार भएको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक मत ल्याउन नसकेपछि हिजो फेरि मतदान भएको हो । हिजोको मतदानमा सत्ता गठबन्धनका उम्मेदवार भीमबहादुर भण्डारीको पक्षमा २२ मतमात्र परेपछि सभामुख चयनसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो । सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्तिका ७ जना सांसदहरु तटस्थ बसेपछि भण्डारीको पक्षमा बहुमत जुट्न नसकेको हो । ५३ सदस्यीय सुदूरपश्चिममा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनका तर्...

सभामुख चयनसम्बन्धी प्रस्ताव बहुमत नपुग्दा अस्वीकृत

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा सभामुख चयन गर्नेसम्बन्धी दुई छुट्टाछुट्टै प्रस्तावमाथि भएको कारवाहीमा आवश्यक बहुमत सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ । सभामुख चयन प्रक्रियामा सत्तापक्षकै नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभाका सदस्य तटस्थ बस्दा कसैको पक्षमा बहुमत नपुगेपछि दुवै प्रस्ताव अस्वीकृत भएका हुन् । प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली […]

बिपक्षीले ल्याएको संकल्प प्रस्ताव बहुमतले अस्वीकृत

नेपाली कांग्रेसका तीन सांसदले दर्ता गराएको संकल्प प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। गण्डकी प्रदेशमा कोभिड–१९ को जाँच गर्न एक घर एक पिसीआर टेस्ट गर्न माग गर्दै नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्यहरु कुमार खड्का, मेखलाल श्रेष्ठ र सरिता गुरुङले गत असार २३ गते गरेको संकल्प प्रस्ताव विहीबार बसेको प्रदेश सभा बैठकले अस्वीकृत गरेको हो।