राष्ट्रियसभाको अध्यक्षमा शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ । जारी राष्ट्रियसभा बैठकमा शर्माको विपक्षमा बहुमत सदस्यले मत जाहेर गरेका हुन् । नेपाली कांग्रेसका शर्मालाई लोसपाको पनि समर्थन छ । ५६ सांसद सहभागी बैठकमा शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत परेको छ । गठबन्धनबाट नारायण दाहाल उम्मेदवार छन् ।

सम्बन्धित सामग्री

माओवादी प्रस्ताव : जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति

नेकपा माओवादी केन्द्रले संसदबाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई परिवर्तन गरी अबदेखि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थामा जान प्रस्ताव गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने घोषणापत्रमा संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्थामा जाने प्रतिवद्धतता जनाएको एक नेताले बताए । राजनीतिक स्थिरता, सरकारको आवधिक स्थायित्व र समृद्धिको यात्रा तय गर्न राष्ट्रपतिय व्यवस्थामा जान

राप्रपाको प्रस्ताव : राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

राप्रपाले देशको अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय स्वरूपको प्रस्ताव गरेको छ । काभ्रेको धुलिखेलमा बुधबार र बिहीबार दुई लिन चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्थाको प्रस्ताव गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । ‘मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरताका अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक

राप्रपाको प्रस्ताव- अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

काठमाडौं- राप्रपाले देशको अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय स्वरुपको प्रस्ताव गरेको छ । काभ्रेको धुलिखेलमा बुधबार र बिहीबार दुई लिन चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्थाको प्रस्ताव गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । ‘मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरताका अन्त्यका […]

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय राजसंस्था राख्न राप्रपाको प्रस्ताव

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप परिवर्तनको लागि मुलुकको अभिभावकीय संस्थाका रूपमा राजा राख्न प्रस्ताव गरेको छ। धुलिखेलमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्था गर्न माग गरेको हुन्। ‘मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरताका अन्त्यका लागि वर्तमान शासकीयस्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक रहेको ठहर गर्दै पूर्ण समानुपातिक संसद्, जनताल

एमालेमा अध्यक्षसहित सबै प्रत्यक्ष निर्वाचित हुने, ७० वर्ष उमेर हदको प्रस्ताव

पार्टीभित्र असन्तुष्टि बढेपछि नेकपा एमालेले अध्यक्षसहितका सबै पदाधिकारीहरु प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्थाको प्रस्ताव गरेको छ।

एमालेमा अध्यक्ष मात्रै निर्वाचित हुने प्रस्ताव

काठमाडौं। नेकपा एमालेमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरिएको छ। विधान संशोधन समितिले अध्यक्ष र महासचिव मात्रै निर्वाचित गर्नुपर्ने प्रस्तावलाई केन्द्रीय कमिटीले परिमार्जन गर्दै अध्यक्ष मात्रै निर्वाचित हुने व्यवस्थाको प्रस्ताव गरेको हो। प्रवक्ता प्रदीप ज्ञवालीकाअनुसार केन्द्रदेखि स्थानीय तहसम्मकै कमिटीमा लागु हुने गरी महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय कमिटी निर्वाचित हुने र बाँकी पदाधिकारीहरू केन्द्रीय कमिटीले चयन गर्ने प्रस्ताव गरिएको हो।

एमालेमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरेको छ ।

एमालेमा अध्यक्ष र महासचिवमात्रै महाधिवेशनबाट निर्वाचित हुने ओलीको प्रस्ताव

काठमाडौं : नेकपा (एमाले)मा अध्यक्ष र महासचिव मात्रै महाधिवेशनबाट निर्वाचित गर्नुपर्ने प्रस्ताव गरिएको छ। स्थायी कमिटीबाट पारित भएको विधान संशोधन प्रस्तावमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने र बाँकी केन्द्रीय कमिटी र पदाधिकारी मनोनित हुने प्रस्ताव गरिएको हो। उक्त प्रस्तावलाई च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने तयारी…