नेकपा एमालेका सांसद महेश बस्नेतले सामाजिक सञ्जालमार्फत नेता तथा कार्यकर्ताको बदनाम गर्न अन्तर्राष्ट्रिय मिसन लागि परेको बताउँदै उनीहरूलाई सरकारले कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै बस्नेतले सूचना प्रविधि ऐनलाई व्यवस्थित गर्दै यस्ता शक्तिहरूलाई कारबाही गर्न सरकार लाग्नुपर्ने धारणा राखेका हुन् ।उनले भने, ‘केही बौद्धिक अराजकतावादी शक्तिहरू, केही अभियन्ताहरु केही स्वतन्त्रकर्मीहरू, केही सञ्चारकर्मीहरू केही जनप्रतिनिधिहरू साइबर क्राइमलाई आकर्षित हुने गरी वायर