इलाम–१ मा झलनाथ खनाललाई पराजित गर्दै एमालेका महेश बस्नेत निर्वाचित
काठमाडौं, ११ मंसिर । इलाम–१ मा नेकपा (एमाले) का महेश बस्नेत निर्वाचित भएका छन् । उनले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई पराजित गरेका हुन् । निर्वाचित बस्नेत र पराजित खनालबीच २९५७ मतको अन्तर छ ।
इलाम– एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । इलाम १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनी एमालेका उम्मेदवार महेश बस्नेतसँग पराजित भएका हुन् । बस्नेतले २५ हजार ६ सय ९९ मत ल्याउँदा खनालले २३ हजार ४५ मत पाएका छन् । तर, खनालले मतगणना प्रक्रियामा धाँधलीको आरोप लगाउँदै आफ्नो विरोधलाई […]
इलाम । प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर १ बाट नेकपा एमालेका महेश बस्नेत विजयी हुनु भएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पराजित गरेर बस्नेत विजयी हुनु भएको हो । यसको औपचारिक घोषणा भने भएको छैन । बस्नेतले खनाललाई २ हजार ९५७ मतको फराकिलो […]
११ मंसिर, इलाम । नेकपा एमाले इलाम जिल्ला कमिटीका अध्यक्ष महेश बस्नेतलाई यसअघिका चुनावको मूख्य जिम्मेवारी हुन्थ्यो, आफ्ना उम्मेदवारहरु जिताउने । उनी सधैं क्षेत्र १ मा झलनाथ खनाल, अनि क्षेत्र २ मा सुवास नेम्बाङ जिताउन खटिन्थे । खनाल जिताउन निर्वाचन परिचालन कमिटीको संयोजन गर्ने महेश बस्नेतलाई यसपल्ट आफ्नै विगतका नेताविरुद्ध लड्ने अवस्था आइपर्यो । सत्ता […]
इलाम : इलाम क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतलाई पछ्याएका पछ्यायै छन्। मतगणनाको शुरुवाती चरणबाटै अघि रहेका बस्नेतले अग्रता फराकिलो बनाउँदै लगेका छन्। करिब ३३ हजार हाराहारी मतगणना हुँदा बस्नेत १,९६० मतले अगाडि छन्।पछिल्लो गणनाको परिणामअनुसार बस्नेतले १४,२०३ मत पाउँदा खनालले उनलाई पछ्याउँदै १२,२४३ मत ल्याएका छन्। उक्त क्षेत्रमा १ लाख ९,५३५ मतदाता रहेकोमा ५९,१३६
९ मंसिर, इलाम । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा १ नम्बर क्षेत्रमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल निरन्तर पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पछाडि पार्दै अग्रता लिइरहेका छन्। रोकिएर बिहीबार बेलुकीदेखि सुरु भएको मतगणनामा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता लिएका हुन् । बस्नेतले ११ हजार ३ सय ९४ […]
काठमाडौं, मंसिर ७ । नेकपा (एमाले) का इलाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेत सो क्षेत्रका नेकपा |(एकीकृत समाजवादी)का उम्मेदवार झलनाथ खनालभन्दा २ हजार मतले अगाडि छन् । पछिल्लो परिणामअनुसार उनले १०२८७ मत ल्याएका छन् । खनालले ८ हजार ७ सय ८० मत ल्याएका छन् ।
एकीकृत समाजवादीका झलनाथ खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ को मतगणना अवरुद्ध भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना जारी रहेकै बेला दलका प्रतिनिधिहरुले मतपत्रका बाकसमा सिलबन्दीप्रति प्रश्न उठाउँदै विरोध गरेपछि अवरुद्ध भएको हो ।यो क्षेत्रमा नेकपा (एमाले)का महेश बस्नेत र झलनाथ खनालबीच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचन अधिकृत दीपकुमार दाहालले केही प्राविधिक कारणले गणना अवरुद्ध भएपनि सहमति जुटाउने प्रयास जारी रहेको र केहीबेरमा गणना सुचारु गर्ने प्रतिक्रिया दिए।
इलाम – इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाल ७ सय ३ मतले पछि पर्नु भएको छ ।
उहाँले अहिलेसम्म ५ हजार ९ सय ४३ मत पाउनुभएको छ । एमाले उम्मेदवार महेश बस्नेत ६ हजार ६ सय ४६ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
२०५४ र २०७४ मा इलाम नगरपालिकाको मेयर बनेका महेश बस्नेत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा इलाम–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनको प्रतिस्पर्धीका रूपमा छन्, आफ्नै पार्टीका पूर्वअध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल । २०७८ पुसदेखि एमालेका जिल्ला अध्यक्ष रहेका बस्नेत संसदीय चुनावको पहिलो प्रतिस्पर्धामा नै जित हासिल गर्न र इलाम–१ मा झलनाथ […]