गोरखामा जारी निषेधाज्ञा साउन २४ गतेसम्म थपिएको छ । शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले थप १५ दिन निषेधाज्ञा जारी गरेका हुन् । यसअघि साउन ९ गते(शनिबार) राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको थियो ।