मकवानपुरमा थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति मकवानपुरको बिहीबार बसेको बैठकले जारी निषेधाज्ञालाई थप सात दिन लम्ब्याउने निर्णय गरेको हो । यो निर्णयसँगै मकवानपुरमा आगामी साउन ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत बैशाख १९ गतेदेखि मकवानपुरमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र मकवानपुरको सिफारिसमा सुरक्षा समितिको बैठकले जिल्लामा कोरोना संक्रमितको दर घट