जनकपुरधामका होटलमा सांसदलाई विशेष छुट !

जनकपुरधाम– होटल व्यवसायीहरुले सांसदहरुलाई जनकपुरधाममा विशेष छुट दिने भएका छन्। प्रदेश २ को स्थायी राजधानी र नामका लागि भएको छलफलको क्रममा सांसदहरुले जनकपुरधाम महँगो भएको टिप्पणी गरेका थिए। सोमबार जनकपुरधाम उद्योग वाणिज्य संघ, होटल एशोसिएन नेपाल र होटल व्यवसायी तथा पर्यटन संघ धनुषाले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै सांसदहरुले बोलेजस्तो जनकपुरधाम महँगो नभएको दावी गरे। […]