काठमाण्डाै - निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीको लागि दलहरुले बुझाएको सूचीको अध्ययन गरेर आयोगले उम्मेदवारकाे अन्तिम सूची सार्वजनिक गरेको हो ।
बन्द सूचीमा प्रदेश र सङ्घका गरी ६ हजार ४ सय ९३ जना उम्मेदवारको नामावली रहेको छ । अब यो सूचीमा रहेका उम्मेदवारले आज प्रत्यक्षतर्फ उम्मेदवारी दिन नपाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।
आयोगले प्रतिनिधि सभातर्फ प्रदेश एकमा ६ सय ६...