समानुपातिकको बन्दसूची पेस गर्ने कार्यतालिका सार्वजनिक

काठमाण्डाै - निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकको बन्दसूची पेस गर्ने कार्यतालिकाबारे स्पष्ट पारेको छ । आयोगले यसअघि नै असोज २ र ३ गते बन्दसूची पेस गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ । सूची पेस गर्दा समानुपातिक समावेशी सिद्धान्त र कानुन बमोजिम आवश्यक कागजात अनिवार्य रुपमा पेस गर्न आयोगले दलहरुलाई आग्रह गरेको छ । कागजात अपुग भएका सूची दर्ता नहुने स्पष्ट गर्दै आयोगले आवश्यक प्रक्रिया र कागजातको चेकलिष्ट आयोगको वेबसाइटमा समावेश गरिएको जनाएको छ । बन्दसूचीमाथि आयोगले ज...