नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीका सन्तानले संसदको रोष्टम घेरेको आरोप लगाएका छन् । बुधबार एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेपछि फेसबुकमार्फत आलोचना गरेमा हुन् ।उनले लेखेका छन्, ‘हेर्दाहेर्दै ! प्रदेशमा मुख्यमन्त्री भएका व्यक्तिहरु सांसद हटाउनको लागि सदनमा नाराबाजी गर्ने र संघमा केपीका सन्तानहरू प्रतिनिधिसभामा अरू दलका सांसद हटाउनका लागि रोस्टम घेरिरहेका छन् । हेर्दाहेर्दै ! बालुवाटार हुँदै बालकोट भएर रोष्टम अगाडि पुगेर