बालकोट पुगेर ओलीले भने– माधव नेपालको हकमा अब गल्ती स्वीकार्ने ठाउँ छैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य नेताको हकमा गल्ती कमजोरी स्वीकारेर एमालेमा आउने छूट भएपनि माधव नेपालको हकमा गल्ती स्वीकार्ने ठाउँ नभएको बताएका छन् ।  बुधवार सरकारी निवास छाडेर भक्तपुरको बालकोटस्थित निवासमा प्रवेश गरेपछि उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई ‘लाज शरम हराएको व्यक्ति’ भनेर आरोप लगाए । ओलीले त्यसो भन्दा कार्यकर्ताले नेता नेपालविरुद्ध चर्को नाराबाजी गरेका थिए । ‘हाम्रै पार्टीभित्र घुसपैठ भयो । पार्टी, लोकतन्त्र र आफ्नै सरकार ढाल्ने काम भयो । माधव नेपाल ...

सम्बन्धित सामग्री

एमाले नेता रिजाल भन्छन्, ‘ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर गल्ती गरेकै हो’

काठमाडौं, १८ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले आफूहरुले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाएर गल्ती गरेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यसको जिम्मा एमालेले लिनुपर्ने र लिन तयार रहेको बताएका हुन् । प्रचण्डले एमालेको समर्थनमा प्रधानमन्त्री बनेको […]

एमसीसी संसदबाट पारित गर्न दिएर सभामुखले अर्को गल्ती गरे: ओली

अध्यक्ष ओलीले सभामुख अग्नीप्रसाद सापकोटाले संवैधानिक रुपमानै मृत भईसकेको एमसीसी सम्झौंतालाई संसदबाट पारित गर्न दिएर अर्को गम्भिर गल्ती गरेको आरोप लगाए।...

चितवन पुगेर ओलीले भने– प्रचण्डका लागि भोट माग्नु गल्ती भयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डलाई भोट माग्नु गल्ती भएको बताएका छन् । सोमबार चितवनमा एमाले भरतपुर महानगरपालिकाको प्रथम महानगर अधिवेशन उद्घाटन गर्दै ओलीले यस्तो बताएका...

गल्ती महसुस गरेर आउनेलाई पार्टीमा समेटिन्छः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतका गरेका गल्ती महसुस गरेर आउनेलाई पार्टीमा समेट्ने बताएका छन्।

माधव नेपाल गद्दार हुन्, उनको गल्ती अक्षम्य छ– ओली

काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालबाहेकका नेताहरु कमीकमजोरी महसुस गरी आए काम गर्न मौका दिने, तर नेता नेपालको गल्ती कमजोरी र आत्मालोचना स्वीकार्न नसकिने बताएका छन्। निजी निवासमा भेलाभएका नेताकार्यकर्तालाई सम्बोधन गर्दै ओलीले जनप्रेमी,विकास प्रेमी सरकार ढाल्न अगुवाइ गर्ने गद्दार,लाजसरम हराएका नेपालको गल्ती अक्षम्य रहेको बताए।पार्टीभित्र भएका घुसपैठी र बिकाउ नेताहरुलाई पार्टीमा ठाउँ नभएको उनको भनाई थियो।

गल्ती स्वीकारेर आए केपी ओलीलाई स्वागत गर्छौं : माधव नेपाल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याउनुपर्ने बताएका छन्। ओलीले गल्ती स्वीकारमा आफूहरु स्वागत गर्न तयार भएको उनको भनाई छ। सरकार विरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न विपक्षी गठबन्धनले बानेश्वर स्थित संसद भवनमा गरेको पत्रकार सम्मेलनमा नेपालले ओलीलाई कोर्स करेक्सन गर्न आह्वान गरेका हुन्। ‘मान्छे हुन्…

केपी ओलीले हिजोको गल्ती सच्याउनुभयो : योगेश भट्टराई

काठमाडौं : नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको गल्ती सच्चाएको टिप्पणी गरेका छन्। ओलीले नेता माधवकुमार नेपालसहित ४ नेताहरूको कारबाही फुकुवा गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन्।उनले ट्विट गरेका छन्, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो। अब कुरा गरेर सहमति  बनाउन लाग्नुपर्छ।‘ कारबाही फिर्ता गरेपछि अब पार्टीको विवाद समाधान गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।पार्टी विभाजनको डिलमा पुगेपछि ओलीले स्थायी कमिटी बैठक राखेर नेता नेपालसहि