सकसमा पर्यटन : कोरोनापछि युक्रेन–रुस युद्धले असर पार्ने डर
विदेशी पर्यटकले खचाखच हुने रसुवाको पर्यटकीय क्षेत्रका होटेल व्यवसायी लाक्पा तामाङले आफ्नो व्यवसाय बढाउन बैंकबाट ५० लाख रुपैयाँ ऋण लिए । तर, कोरोना महामारी सुरु भएपछि व्यापार ठप्प हुँदा उनी किस्ता...
२२ भदौ, पोखरा । कोरोनाअघि यही समय पोखरा आन्तरिक तथा बाह्य पर्यटकले गुल्जार भइसक्थ्यो । गर्मी छल्न आएका भारतीय पर्यटकले पोखरामा गर्माइसकेको हुन्थ्यो । विश्वकै प्रतिष्ठित पदयात्रामा जाने पर्यटकको लर्को लागिसक्थ्यो । तर, कोरोनापछि पोखराको पर्यटन लयमा फर्किन कसरत गरिरहेकोे भए पनि पर्याप्त पर्यटक आइरहेका छैनन् । चाडवाडको मौसम सुरु भइसक्दा पनि पर्यटक नआएपछि पोखरेली […]
काभ्रे । पनौती नगरपालिका वडा नम्बर ८ का शालिकराम बञ्जारा र उनका भान्जा वसन्त थापा कोरोना महामारी अघि व्यापार व्यवसायमा संलग्न हुनुहुन्थ्यो । कोरोना महामारीले व्यक्ति व्यक्तिसँगको भेटघाट बन्द भए पछि घर फर्किएका मामा भान्जाको निर्णय भयो पुरानै अवस्थामा व्यवसाय गर्न कठिन हुने निष्कर्ष पछि कृषि क्षेत्रमा होमियौँ । ‘१६ वर्ष ठमेलको पर्यटन व्यवसायमा संलग्न […]
पोखरा : पोखरा घुम्न आउनेमा अधिकांश चिनियाँ पर्यटक हुन्थे पहिल्यै। तर, अहिले यो अंकमा फेरबदल भएको छ। भारतीय र चिनियाँ पर्यटकबाट पोखराका पर्यटन व्यवसायीले लाभ कमाइरहेका थिए। तर, कोरोनापछि चिनियाँ पर्यटकको संख्या ओरालो लाग्यो। यता, भारतीय पर्यटकको संख्या दोब्बर बन्यो। कोरोनापछि भारतीय पर्यटकको संख्यामा वृद्धि आउँदा व्यवसायलाई लागेको थियो चिनियाँ पाहुना…
हालको सिजन भनेको नेपालमा पर्यटकीय गतिविधि र चहलपहल धेरै हुने सिजन हो । हुन पनि चीनबाट पैmलन सुरु भएको ‘नोभेलकोरोना भाइरस’ (पछि कोभिड–१९ नाम दिएका) ले बिस्तारै विश्राम लिएको हो कि ? भन्ने भान परेसँगै विश्वका प्रायः सबै देशमा पर्यटक आगमन दरमा बढोत्तरी भएको छ । कतिपय देशले त आआप्mनो देशमा आउने विदेशी पर्यटक (यात्री) […]
The post कोरोनापछि नेपाली पर्यटन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन्। सोमबार सम्पन्न भएको ४४ औँ वार्षिक साधारण सभा र निर्वाचनबाट ६ सय १६ मत प्राप्त गर्दै उनको सिङ्गो प्यानल नै विजयी भएको छ। कोरोनापछि थला परेको नेपालको पर्यटन क्षेत्रको ट्रेकिङ क्षेत्रमा धेरै समस्या र विकृति भएको भन्दै सुधार गर्नुपर्ने विषयमा अवाज उठिरहेको छ। […]
‘सौराहामा पर्यटकीय गतिविधिमा हात्ती सहभागि हुँदै गएका थिए। यहाँ विदेशी पर्यटक कोरोनापछि कम आउन लागे। पछिल्लो समयमा मान्छेमा हात्ती चढ्न हुँदैन भन्ने सन्देश गएको हुँदा व्यवसायमा गिरावट आएको हुनाले हात्तीको चहलपहल छैन,’ सूचना अधिकारी तिवारीले भने। ‘निकुञ्ज ...
कोरोना महामारीका कारण अहिले नेपालको होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी तहसनहस बनेको छ। तर, चिनियाँ लगानीकर्ता यही क्षेत्रमा बढी आकर्षित भएका छन्। नेपालमा सम्भावना न्यून रहेको भनिएको क्षेत्रमा साना परियोजनामार्फत् चिनियाँ लगानी बढ्नु नै शंकास्पद छ। यसतर्फ समयमै नेपाल सचेत हुनुपर्छ। कोरोनापछि नेपालमा सबैभन्दा अप्ठ्यारो अवस्थामा पुगेको पर्यटन क्षेत्रमा चीनको आकर्षण बिना कारण किन […]
कोरोनाले सबैभन्दा बढी प्रभावित पारेको २०२० को अप्रिलको आगमन संख्या जम्मा १४ थियो। करिब शून्यमा झरेको पर्यटन क्षेत्रले छोटो समयमै गति लिने संकेत यो आगमनले देखाएको लामिछानेको भनाइ छ। कोरोनाको प्रभाव नरहँदा २०१९ को अप्रिलको आगमन भने १ लाख ९ हजार ३९९ रहेको थि...
कोरोनाले थलिएको पर्यटन क्षेत्र कहिलेदेखि चलायमान हुन्छ र आगामी दिनमा यसले कस्तो रूप र आयाम लिन्छ भन्ने अन्योल कायमै रहेको अवस्थामा पर्यटनमा नयाँ सम्भावनाको खोजीमा अपरिहार्य बनेको छ । कोरोना अघिका वर्षहरूमा पर्यटक आगमन बढे पनि यस क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा दिएको योगदान उल्लेख्य बढ्न सकेको थिएन । गुणस्तरीय पर्यटकको संख्या कम भएकाले कसरी पर्यटकको खर्च बढाउने भन्नेमा सरोकारवालाहरूले चासो दिएका थिए । यही सन्दर्भमा नेपालमा अपांगमैत्री पर्यटनको कमी भएको र यसबाट ठूलो लाभ लिन सकिने निष्कर्ष निकालिएको छ जसले पर्यटनमा थप लगानी गरेर पहिचानयुक्त पर्यटनका माध्यमबाट राम्रो आर्जन गर्न सहयोग गर्ने देखिन्छ ।
नेपालले अपांगमैत्री पर्यटनमा महत्त्व नदिँदा खर्चालु पर्यटकलाई गुमाइरहेको छ । नेपाल आउन चाहेर पनि यस्ता पर्यटक नेपाल आउन सकेका छैनन् ।
नेपालको भौगोलिक विशिष्टता, सांस्कृतिक विविधताजस्ता कुराले नेपालको पर्यटन विशेष रहे पनि त्यसअनुसार ब्रान्डिङ गर्न सकिएको छैन । साथै, पर्यटनका लागि आवश्यक भौतिक पूर्वाधार सही र पर्याप्त नहुँदा सम्भावना दोहनमा नेपाल चुकिरहेको छ । पर्यटक आगमनको वार्षिक संख्या १० लाख नाघे पनि गुणस्तरीय पर्यटकको संख्या कम हुँदा कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान बढ्न सकेको छैन । त्यसैले पर्यटनको विविधीकरण र नयाँ प्रडक्टका लागि विभिन्न अध्ययन र काम पनि भइआएका छन् । यसै सन्दर्भमा नेपालको पर्यटनमा अपांगमैत्री संरचना र प्रडक्ट नबनेको अध्ययनको निष्कर्ष निक्लिएको छ । अध्ययनले पर्यटनमा थप सम्भावनाको क्षेत्रलाई पनि औंल्याएको छ ।
अन्तरराष्ट्रिय वित्त निगमले गराएको एक अध्ययनले अपांगमैत्री पूर्वाधार र सेवामा थप लगानी गर्न सके विश्वव्यापीरूपमा बढ्दो पहुँचयोग्य पर्यटन प्रवर्दधन हुने र त्यसले आर्थिक वृद्धिदर उकास्नमा सक्ने देखाएको छ । तर, नेपालमा सञ्चालनमा रहेका अधिकांश होटल अपांगतामैत्री पाइँदैनन् । अपांगता भएका व्यक्तिको पहुँचयोग्य हुने गरी भौतिक संरचना र सेवाको व्यवस्था गरिएको छैन । अध्ययनमा सहभागी १७ प्रतिशत होटलले दृष्टिविहीन पाहुनाका लागि पहुँचयोग्य रहने गरी संकेत चिह्न प्रयोग गरेको पाइयो । ९ प्रतिशत होटेलका कर्मचारी पहुँचयोग्य पर्यटन र विशिष्ट क्षमता भएका रहेका र ३३ प्रतिशत होटेलमा ह्विलचेयरको व्यवस्था रहेको छ । अपांगमैत्री सुविधा नहुँदा अपायक ठाउँमा यस्ता पर्यटक पुग्न नसकेको पाइन्छ । पूर्वाधार र सेवाका लागि केही थप लगानी गरे नेपालले विशेष खाले पर्यटनका लागि महत्त्व पाउने देखिन्छ र कोरोनाका कारण थलिएको पर्यटनलाई गति दिन यसतर्फ ध्यान जानुपर्ने देखिन्छ ।
नेपाल फरक खालको गन्तव्यका रूपमा चिनिएको पनि छ । कोरोना अगाडि नेपालको पर्यटन एलजीबीटीहरू (समलिंगी, बहुलिंगी लगायत) का लागि बढी उपयुक्त गन्तव्य भनेर ख्याति कमाइसकेको थियो । यसले नेपालको पर्यटनमा भरथेग गरेको पनि हो । यसैगरी अपांगमैत्री पर्यटनले पनि नेपालको पर्यटन विशेष गन्तव्य बन्न सक्छ । सक्रिय जीवनबाट अवकाश पाएका, शारीरिक रूपमा अपांग भएका, होचापुड्कालगायत फरक क्षमता भएका व्यक्तिहरूले पहुँचयोग्य पर्यटनमा अन्यको तुलनामा बढी खर्च गर्ने गरेको बताइन्छ । त्यसैले यस्तो समूहलाई लक्षित गरी पर्यटन सेवा उपलब्ध गराउन सके थलिएको पर्यटनलाई उकास्न मद्दत मिल्न सक्छ । तर, नेपालले अपांगमैत्री पर्यटनमा महŒव नदिँदा खर्चालु पर्यटकलाई गुमाइरहेको छ । नेपाल आउन चाहेर पनि यस्ता पर्यटक नेपाल आउन सकेका छैनन् ।
नेपालको पर्यटनमा विविधीकरणको खोजी भइरहेको छ । एलजीबीटीको पहिचान कायम राख्दै कोरोनापछि पर्यटन उकास्न अन्य क्षेत्र पनि स्थापित गर्नुपर्छ । तीमध्ये अपांगमैत्री पर्यटन पनि एक हो । पर्यटनका नयाँ भौतिक संरचनाहरू पर्यटनमैत्री बनेका पनि छन् । तर, पुराना संरचनामा नै सञ्चालित होटेल तथा अन्य सेवासम्बद्ध क्षेत्र पर्यटनमैत्री रहेको पाइँदैन । नेपालमा यस्तो विकास भएको छैन तर जरुरी रहेको देखिन्छ । पैसा कमाएका मानिसहरू नेपालमा आउन चाहन्छन् । तर, अपांगहरूलाई असजिलो भएको सन्देश गए अन्यत्र जान्छन् । देशभित्रै पनि अपांगता भएका मानिसहरूले देशभित्र पर्यटनमा जान नपाउने अवस्था राम्रो होइन । त्यसैले अपांगतामैत्री पर्यटनले कोरोनापछिको पर्यटनलाई टेवा दिन्छ ।
कोही पनि नेपाली, आफ्नो परिवेशभन्दा भिन्न नेपालकै कुनै अर्को भूभागमा पर्यटनका लागि जान्छन् भने ती आन्तरिक पर्यटक हुन् । आन्तरिक पर्यटकलाई पनि पर्यटक नै मान्नुपर्ने कुराको अवगत केही दशकअघि मात्रै हो । नेपालमा पर्यटन उद्योग भन्नाले प्रायःजसो दोस्रो र तेस्रो मुलुकबाट आउने अर्थात् विदेशी पर्यटकलाई मात्र बुझ्ने परम्परामा यो एउटा फड्को हो । बाह्य पर्यटकको आगमनमा शिथिलता आउँदा पनि आन्तरिक पर्यटकले यो उद्योगलाई थेग्दा पर्यटनसम्बन्धी पूर्व मान्यतामा क्रम भङ्गता आएको बुझ्न सकिन्छ । कतिपय ठूल्ठूला राष्ट्रको पर्यटन उद्योगको ठूलो हिस्सा उसको आफ्नै आन्तरिक पर्यटक हुने गरेबाट पनि यो वर्गको महìवलाई कम आकलन मिल्दैन ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीका कारण विश्व पर्यटन उद्योग नै प्रभावित भयो । नेपालमा पनि बाह्य पर्यटक मात्रै नभएर आन्तरिक पर्यटकको आगमन पनि रोकियो । अर्को शब्दमा भन्नुपर्दा जेनतेन चलिरहेको यो उद्योग अचानक धरासायी हुन पुग्यो ।